माङसेबुङ गाउँपालिकाले भूमिहीन र अव्यवस्थितका लगि निस्सा वितरण गर्दै - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङ गाउँपालिकाले भूमिहीन र अव्यवस्थितका लगि निस्सा वितरण गर्दै

असोज १३, माङसेबुङ । माङसेबुङ गाउँपालिकाले भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई लालपुर्जा वितरण प्रक्रियाका लागि भूमिको निस्सा वितरण गर्ने भएको छ ।

माङसेबुङका ६ वटै वडामा आगामी १६ असोजदेखि वडागत रूपमा निस्सा वितरण कार्य सुरु गर्न लागिएको पालिकाले जनाएको हो ।

माङसेबुङ गाउँपालिकामा २ हजार ५ सय ८२ जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीले लालपुर्जाको माग गर्दै निवेदन दिएका माङसेबुङ गाउँपालिकाकाका अध्यक्ष हेमन्त राईले जानकारी दिए ।

यसरी निवेदन दिने मध्ये २४ जना भूमिहीन दलित, २ सय २८ जना भूमिहीन सुकुम्बासी र २ हजार ३ सय जना अव्यवस्थित बसोवासी रहेका पालिकाले जनाएको छ ।

पालिकाबाट जारी सूचना अनुसार वडा नम्बर ६ मा १६ गते, ३ मा १७ गते, ५ मा १८ गते, ४ मा १९ गते, २ मा २५ गते र १ मा २६ गते निस्सा वितरणको तयारी छ ।

सम्बन्धित व्यक्तिले आफ्नो नेपाली नागरिकताको प्रमाणपत्रसहित र सम्बन्धित व्यक्ति नभएमा एका घरको नाता खुल्ने कुनै व्यक्तिले सम्बन्धित वडा कार्यालयको सिफारिसमा आफ्नो परिचयपत्रसहित उपस्थित भई निस्सा बुझिलिन पालिकाले अनुरोध गरेको छ ।

लालपुर्जा वितरण प्रकृयालाई सहज बनाउन निस्सा वितरण गर्न लागिएको गाउँपालिका अध्यक्ष हेमन्त राईले जानकारी दिए ।‘राष्ट्रिय भूमि आयोगसँगको समन्वयमा जग्गा नापजाँजको काम सुरु गर्ने तयारी छ’, अध्यक्ष राईले भने ।

नापजाँचको कार्य सकेर जग्गा धनीपूर्जा वितरणका लागि आवश्यक प्रकृया पूरा गर्न समय लाग्ने पलिकाले जनाएको छ ।

 

सम्बन्धित खवर