एकदिवसीय विश्वकपमा लगातार चौथो जित सहित न्युजिल्याण्ड शीर्ष स्थानमा - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एकदिवसीय विश्वकपमा लगातार चौथो जित सहित न्युजिल्याण्ड शीर्ष स्थानमा

कातिक २, माङसेबुङ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा लगातार चौंथो जित सहित न्युजिल्याण्ड शीर्ष स्थानमा उक्लिएको छ ।

बुधबार न्युजिल्याण्डले अफगानिस्तानलाई १ सय ४९ रनले हराउँदै फराकिलो जित सहित शीर्ष स्थानमा उक्लिएको हो ।

न्युजिल्याण्डले प्रस्तुत गरेको २ सय ८९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १ सय ३९ रनमा समेटिदैं अलआउट भयो ।

अफगानिस्तानका लागि रहमत शाहले बनाएको ३६ रन सर्वाधिक स्कोर रह्यो । अजमतुल्लाह उमरजईले २७ रन, इकरम अलिखिलले १९ रन, इब्राहिम जर्दानले १४ रन र रहमानुल्लाह गुरबाजले ११ रन बनाए ।

न्युजिल्याण्डका मिचेल सेन्टनर र लाकी फग्र्युसनले समान ३ विकेट, ट्रेन्ट बोल्टले २ तथा माट हेनरी र रचिन रबिन्द्रले १ विकेट हात पारे ।

सुरुवााती ब्याटिङ गरेको न्युजिल्याण्डले ६ विकेटको क्षतीमा २ सय ८८ रन बनाएको थियो । टम लाथमले ६८ रन बनाएको इनिङ्समा विल योङ्गले ५४ रनको योगदान गरेका थिए । रचिन रबिन्द्रले ३२ रन बनाएका थिए ।

अफगानिस्तानका नाभिन अल हक र अजमतुल्लाह ओमरजाईले समान २ तथा रासिद खान र मुजिब उर रहमानले समान एक एक विकेट हात पारे ।

न्युजिल्याण्डले ४ खेलबाट ८ अंक जोडेको छ । अफगानिस्तान मात्र २ अंक सहित पुछारदेखि दोस्रोमा छ ।

सम्बन्धित खवर