व्रविमको सेर्माको आवाजमा ‘किरातलिम्बुवान’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • आइतबार, बैशाख ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

व्रविमको सेर्माको आवाजमा ‘किरातलिम्बुवान’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

कातिक ५, माङसेबुङ । प्रदेश नं १ को ननम कोशी खारेजीको माग गर्दै पहिचान पक्षधरको आन्दोलनलाई समर्थन गर्दै थप टेवा पु¥याउने उदेश्यले ‘किरातलिम्बुवान’ बोलको गीत र भिडियो सार्वजनिक गरेको छ ।

मन्दीप र प्रेमदिपको शव्दमा गायक तथा संगीतकार ब्रविम सेर्मा चेसुङ लिम्बूको संगीत तथा आवजमा किरतलिम्बुवान प्रदेश नामाङकन अभियान केन्द्रीय प्रचार प्रसार बिभागले तयार पारेको गित ‘किरातलिम्बुवान’ को गित र भिडियो गायक व्रविम सेर्मा लिम्बू अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

गत फागुन १७ गते प्रदेश नम्बर १ को नाम प्रदेश सभाबाट प्रदेशको नाम कोशी घोषणा गरिएको थियो । त्यसलगत्तै पहिचान पक्षधर राजनीतिक र जातीय संघसंस्था र संगठनहरुले विभिन्न समयमा चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रमहरु गर्दै आइरहेको छ ।

पहिचान बिरोधीहरुको पुत्ला जलाउनुका साथै पहिचानका लागि युवा दस्ताले परेट खेलेको दृश्य समेत समावेश गरिएको भिडयोमा पहिचानको आन्दलनमा शादत प्राप्त गरेका शहिदहरुको तस्बीर र आन्दोलनका केहि झलकहरुको साथमा सँस्कृतिक नृत्यहरु समेत समाबेश गरिएको छ । गितमा प्रदेशको नाम अन्तिम बिकल्प किरातलिम्बुवान भनिएको छ ।

गित संगीतको माध्यमबाट प्रदेश १ को नामाङकनको मुद्दालाई किनारा लगाउन र पहिचानको आन्दादनको ऐक्यवद्धता जनाउनलाई यो गित सार्वजनिक गरिएको गायक तथा संगीतकार व्रविम सेर्मा चेसुङले बताए ।

देबेश राईको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा योगेन मुकारुङले रेकर्ड तथा मिक्सिङ गरेको गीतको भिडियोको छायांकन तथा म्पादन एस.एम. पिक्चर्सले गरेका छन् ।

भिडियो हेर्नुहोस…

 

सम्बन्धित खवर