विश्वकप छनोटको उपाधि भिडन्तमा नेपाल सुपर ओभरमा पराजित - Mangsebung News
  • शुक्रबार, बैशाख २८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विश्वकप छनोटको उपाधि भिडन्तमा नेपाल सुपर ओभरमा पराजित

कातिक १९, काठमाडौं । घरेलु टोली नेपाल आईसीसी टी–२० विश्वकप क्रिकेटको एसिया छनोटको उपाधि भिडन्तमा पराजित भएको छ ।

आईतबार कीर्तिपुर मैदानमा भएको फाइनल खेलमा ओमानसँग नेपाल सुपर ओभरमा पराजित भएको हो ।

नेपालले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले ९ विकेटको क्षतीमा १ सय ८४ रन बनाएपछि खेल सुपर ओभरमा गएको हो ।

सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । अबिनाश बोहराको ओभरमा तीन छक्का प्रहार गर्दै ओमानले नेपाल समक्ष सुपर ओभरमा ठुलो चुनौती प्रस्तुत गरेको थियो । तर नेपालले सुपर ओभरमा राम्रो ब्याटिङ प्रर्दशन गर्न सकेन ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो ।

कप्तान रोहित पाडेलकले अविजित ५२ रनको अर्धशतकिय इनिङ्स खेले । यस्तै गुल्सन झाले २५ बलमा सर्वाधिक ५४ रन बनाएका थिए ।

ओपनर कुशल भुर्तेलले ३१ रन, आसिफ शेखले ६ रन, सन्दीप जोराले १० रन र कुशल मल्लले ३ रन बनाएका थिए । विवेक यादव १ रनमा आउट हुँदा करन केसी २० रनमा अविजित रहे ।

ओमानका बिलाल खानले ३ तथा आकिब इलियासले २ र जिशान मकसुदले १ विकेट लिएका थिए ।

ओमानका लागि ओपनर कश्यप प्रजापतीले ६३ रन बनाएको इनिङ्समा आकिब इलियासले ३३ रन बनाएका थिए । यस्तै जिसान मकसुदले २६ रन र मोहम्मद नदिमले अविजित २४ रन बनाएका थिए ।

नेपालका सन्दीप लामिछाने र करन केसीले समान २ तथा सोमपाल कामी, गुल्सन झा, अविनाश बोहरा र विवेक यादवले समान एक विकेट लिए ।

सम्बन्धित खवर