याक्थुङ साम्लो महोत्सव आजबाट सुरु, तयारी पुरा - Mangsebung News
  • आइतबार, बैशाख १६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

याक्थुङ साम्लो महोत्सव आजबाट सुरु, तयारी पुरा

फगुन १८, दमक । झापाको दमक ७ स्थित पशुहाटमा आज(शुक्रबार) बाट याक्थुङ साम्लो महोत्सव २०८० सुरु हुदैंछ ।

लिम्बू कलाकारहरुको गौरवशाली छाता संगठन फक्ताङलुङ साँस्किृतिक मञ्च केन्द्रीय कार्य समितिको आयोजनामा शुक्रबार र शनिबार गरि दूई दिन सम्म सञ्चालन हुन लागेको तेस्रो याक्थुङ साम्लो महोत्सव २०८० को सम्पूर्ण तयारी पूरा भएको छ ।

आयोजकले बिहीवार महोत्सवस्थलमा पत्रकार सम्मेलन गरी तयारी सकिएको जानकारी दिएको हो ।

किरात याक्थुम चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनको प्रमुख आतिथ्यमा माङलाङ, केलाङ, येबा÷येमालाको साथमा विशालर्यालीसहित महोत्सवको समुद्घाटन हुने मञ्चका अध्यक्ष तथा कार्यक्रम संयोजक पूर्ण कुमार सेर्मा यादनले जानकारी दिए ।

महोत्सवको पहिलो साँझ पालाम, हाक्पारे, ख्याली र धान नाँचको साथमा ख्यातिप्राप्त कलाकारहरु दिपक लिम्बू, मनु नेम्बाङ, ताराप्रकाश लिम्बू, शाहिल लिम्बू, गोविन्द लिम्बू, नोगेन लिम्बू, रुक्शाना लिम्बू, एकान्त लिम्बू र अन्य कलाकारले सांगीतिक प्रस्तुतिदिने बताइएको छ।

’याक्थुङ साम्लो साम्लोरिलो, साम्लोइ लोइ लाम्लोरिरो“ मूल नारासहित सञ्चालन हुन महोत्सवको मुख्य उदेश्य लिम्बू समुदायभित्रको लोपन्मुख, गीत संगीत र कलालाई उजागर गर्दै यसको उत्थान, संरक्षण र सम्वर्द्धनसहित विश्वव्यापी प्रचारप्रसार गरिपछिल्लो पुस्तासम्म पुर्याउनु रहेको मञ्चको दावी छ ।

प्रवेश निःशुल्क रहने महोत्सवमा १९ गते भने याक्थुङ साम्लोमा माङसिवाखाहुन र लोपोन्मुख याक्थुङ साम्लोमा ताम्के विषयक दुईवटा कार्यपत्र दमकको किरात भवनमा प्रस्तुत हुनेछ ।

यसअघि हाक्पारे पालाम महोत्सव भनेर पहिलो पटक पाँचथरको फिदिम र दोस्रो तेह्रथुमको म्याङलुङमा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर