यो निर्वाचन राष्ट्रियस्तरको आन्दोलनको सुरुवात हो : पूर्व मन्त्री शाक्य - Mangsebung News
  • आइतबार, असार २९, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

यो निर्वाचन राष्ट्रियस्तरको आन्दोलनको सुरुवात हो : पूर्व मन्त्री शाक्य

बैशाक ४, इलाम । दलीय राजनीतिक निरङकुशतामा रमाएका ति पार्टीहरुलाई खबरदारी गर्न र देशभरका न्यायप्रेमी उत्पीडित जनताहरुको आवाज बुलन्द गर्न साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूको विजयी अनिवार्य रहेको पूर्व मन्त्री डा. केशवमान शाक्यले बताएका छन् ।

‘अहिलेको समय कुनै पार्टीको नेतालाई जिताउने समय होइनन् । अहिलेको राजनीतिक दलहरुले पार्टीको नाममा हामीलाई झुक्याएर हामीलाई पहिचान र अधिकारबाट बञ्चित बनाएका छन् ।’ पूर्व मन्त्री शाक्यले भने, ‘डकेन्द्रसिंह लिम्बू इलाम क्षेत्र नं. २ को मात्र प्रतिनिधि होइनन् । सम्पूर्ण पहिचान पक्षधर उत्पीडित न्यायप्रेमीहरुको आवाज सिंहदरबारमा बुलन्द गर्ने अभिारा सहित अत्याधिक बहुमतले विजयी गराएर संघीय संसदमा पठाउनुपर्छ ।’

इलाम क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका लागि आगामी बैशाख १५ गते हुने उप निर्वाचनको लागि पहिचान पक्षधरहरुको साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बू विजयी आम सभामा आफ्नो कुरा राख्ने क्रममा पूर्व मन्त्री शाक्यले सो कुरा बताउनु भएको हो । प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समिति, उप निर्वाचन चुनाव प्रचार प्रसार समितिले मंगलबार इलामको चोक बजारमा आयोजित चुनावी आम सभामा पूर्व मन्त्री शाक्यले पनि सम्बोधन गरेका हुन ।

यो चुनावको नतिजाले इलामको क्षेत्र नं. २ को र साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूको मात्र हार र जित नभई सिंगो नेपालको ८५ प्रतिशत उत्पीडित समुदायको राष्ट्रिय मुद्दाको हार र जितसँग जोडिएको बताउनु हुँदै वहाँले भन्नु भयो, ‘यो निर्वाचन राष्ट्रियस्तरको आन्दोलनको सुरुवात हो ।’

अब उत्पीडित न्यायप्रेमी सम्पूर्ण जनताको मुक्तिको लागि समावेशी राज्य स्थापना गर्न आवश्यक रहेको सुनाउनु हुँदै वहाँले थप्नु भयो, ‘मुलुकमा सबैको साझा समावेशी लोकतन्त्र स्थापनाका लागि सबैले पहल गर्नुपर्छ ।’ पूर्व मन्त्री शाक्यले भने, ‘पहिचान र अधिकारको मुद्दालाई संघीय संसदसम्म पु¥याउन भोट माग्न म पनि इलाम आएको हुँ ।’

सम्बन्धित खवर