एसीसी प्रिमियर कपमा हङकङसँग नेपाल पराजित हुदैं चौंथो स्थानमा - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एसीसी प्रिमियर कपमा हङकङसँग नेपाल पराजित हुदैं चौंथो स्थानमा

बैशाक ८, दमक । एसीसी प्रिमियर कपमा हङकङसँग नेपाल पराजित हुदैं चौथों भएको छ ।

शनिबार अमेरत क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) ओमानमा तेस्रो स्थानका लागि भएको खेलमा हङकङसँग ४ विकेटले पराजित हुदैं नेपाल चौंथो भएको हो ।

योसँगै तेस्रो हुँदै हङकङले एसीसी इमर्जिङ टिम्स एशिया कपमा स्थान बनाएको छ ।

नेपालले दिएको १४० रनको लक्ष्य हङकङले ३ बल बाँकी रहँदै ६ विकेट गुमाएर पूरा ग¥यो ।

हङकङका अंशु रथले अविजित रहँदै सर्वाधिक ६५ रन बनाउँदा बाबर हयातले २६ रन र एजाज खानले १२ रन बनाए ।

नेपालका सोमपाल कामीले सर्वाधिक ३ विकेट र दीपेन्द्रसिंह ऐरीले २ विकेट लियो ।

यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनायो ।

दीपेन्द्रसिंह ऐरीले ४४ रन बनाए । यस्तै सन्दीप जोराले २२ रन, कप्तान रोहितकुमार पौडेलले २१ रन, आशिफ शेखले ५ रन, सोमपाल कामीले १२ रन, करण केसीले ३ रन र कुशल मल्लले १३ रन बानाउँदा ललितनारायण राजवंशी २ रनमा अविजित रहे ।

हङकङका आयुष शुक्लाले सर्वाधिक ३ विकेट र अतिक इकवाल, यासिम मुर्तजा र एहसान खानले समान १÷१ विकेट लिए ।

सम्बन्धित खवर