जेठ २२, माङसेबुङ । नेपाली राष्ट्रिय क्रिकेट टिमले एक दशकपछि आइसिसी टी–२० विश्वकप प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछ ।
टी–२० विश्वकपअन्तर्गत आज मंगलबार नेपालले समूह ‘डी’ को पहिलो खेलमा नेदरल्यान्ड्ससँग डलासको ग्रान्ड प्रायरी स्टेडियममा प्रतिस्पर्धा गर्दै सुरुवात गर्ने भएको छ ।
खेल नेपाली समयअनुसार राति ९ः १५ बजेबाट सुरु हुनेछ ।
यी दुई टोलीबीच हालसम्म १२ टी–२० अन्तर्राष्ट्रिय खेल भइसकेका छन् र स्थिति लगभग बराबरीको छ । नेदरल्यान्ड्सले ६ खेल जितेको छ भने, नेपालले पाँच खेल जितेको छ । एक खेलको नतिजा विहिन छ ।