क्यानद्वारा एसीसी यू–१९ महिला एसिया कप खेल्न जाने टोलीको बिदाई - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

क्यानद्वारा एसीसी यू–१९ महिला एसिया कप खेल्न जाने टोलीको बिदाई

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी यू–१९ महिला एसिया कप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाई गरेको छ ।

मलेसियामा यही डिसेम्बर १५ देखि सुरू हुने यू–१९ महिला एसिया कप खेल्न जाने नेपाली टोलीलाई बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एक कार्यक्रम आयोजना गरी बिदाई गरिएको हो ।

नेपाल, भारत र पाकिस्तान समूह बी मा छ । नेपालले पहिलो खेल डिसेम्बर १६ मा पाकिस्तानसँग र डिसेम्बर १७ मा भारतसँग खेल्नेछ । समूह ए मा आयोजक मलेसियासँगै श्रीलंका र बंगलादेश छन् । दुवै समूहको शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्नेछन् ।

क्यानले यसअघिनै पूजा महतोको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको छ ।

नेपाली टोली

टोलीमा पूजा महतो, सोनी पाख्रिन, साना प्रभिन, सावित्री धामी, किरणकुमारी कुँवर, अनु कडायत, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, एलिसा कुमारी यादव, कृष्मा गुरुङ, तृष्णा विक, रिया शर्मा, रचना चौधरी, सिमाना केसी र स्नेहा महरा रहेका छन् ।

सम्बन्धित खवर