साफ यु–१९ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

साफ यु–१९ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित

मङसेबुङ । साफ यु–१९ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएको छ ।

भारतको गोल्डेन जुब्ली स्टेडियममा मंगलबार भएको समूह ‘बी’को अन्तिम समूह चरणको अन्तिम खेलमा भारतसँग नेपाल ४–० ले पराजित भएको हो ।

यु–१९ प्रतियोगितामा भारतविरुद्ध नेपालको यो अहिलेसम्मकै सबैभन्दा ठूलो हार हो ।

भारतलाई जित दिलाउन रोहिन सिंहले दुई तथा ओमङ डोडुम र डानी मिथेईले समान एक गोल गरेका हुन् ।

यसअघि भएका दुवै भेटमा दुवै टोलीले पेनाल्टी सुटआउटमार्फत खेल जितेका थिए । सन् २०१५ मा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको प्रतियोगितामा घरेलु टोली नेपालले पेनाल्टी सुटआउटमा ५–४ को जित निकाल्दै उपाधि नै हात पारेको थियो ।

भारतले फाइनल प्रवेश गर्न अर्को समूहको उपविजेता माल्दिभ्ससँग खेल्ने छ । नेपालले भने फाइनल प्रवेश गर्न बंगलादेशसँग खेल्ने भएको छ ।

सम्बन्धित खवर