रोहटे पिङ डाँडामा चतुरे मेला तथा धान नाच कार्यक्रम सम्पन्न - Mangsebung News
  • बुधबार, कार्तिक १३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

रोहटे पिङ डाँडामा चतुरे मेला तथा धान नाच कार्यक्रम सम्पन्न

  • पदम सुखी सम्बाहाम्फे

कुम्मायक । पाचथर जिल्लाको कुम्मायक गाउँपालिका ४ स्थित साविक रानिगाउँ ६ को रोहटे पिङ डाँडामा ऐतिहासिक चतुरेमेला गत मंगलवार(कातिक ४) सम्पन्न भएको छ ।

दशै तथा तिहारको अवसरमा बर्षेनि यस स्थानमा बाकसे पिङ लगाइदै आएको र तिहारे औशिको अघिल्लो चतुर्दशिका दिन मेला लाग्ने गरेको हो । यसपटक पनि लागेको उक्त मेलामा विभिन्न सास्कृतिक नृत्य र भलिबल खेल भएका थिए ।

लिम्बु जातिहरुको धान नाँँच तथा तुरुप्पे नाँच, मारुनि नाँच प्रस्तुत हुने यो मेलामा यसपटक नघन्य कलाकारहरुको मात्र उपस्थिति देखिएको थियो । धाननाँच प्रतियोगितामा फाल्गुनन्द ४ वसाङ्गुका रणमाया चेम्जोङ्को समुह बिजेता बनेको थियो भने सास्कृतिक नृत्य तर्फ अर्पणा राईको समुह पहिलो मोनिका महरा दोस्रो र एलिसा महरा तेस्रो भएका थिए ।

अन्तर पालिका तथा साबिक गाबिस स्तरीय पुरुष नकआउट भलिबल प्रतियोगिता तर्फ आयोजक टिम बि, प्रथम र साबिक फाक्तेप गाबिस दोस्रो भएका थिए । बिजेता टिमलेले ३५ हजार ५ सय ३५ रुपैयाँ नगद तथा ट्रफी प्रमाणपत्र र उपबिजेता टिमले २५ हजार ५ सय २५ रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाएका थिए । साथै धाननाँच र सास्कृतिक नृत्य तर्फका कलाकार बिजेताहरुले पनि नगद तथा प्रमाणपत्र पाए ।

वडा नम्बर ४ को वडाबाट ०८२÷०८३ मा बिनियोजित १ लाख ५० हजार रकम द्वारा आयोजित बजेटले विभिन्न मनोरञ्जनात्मक ऐतिहासिक इतिहास र कला सस्कृति जोगाउन थप टेवा पुगोस भन्ने हेतुले वडाबाट यो रकम छुट्याइएको वडा अध्यक्ष फगेन्द्र सम्बाहाम्फेले बताए ।

सामाजिक विविधता भित्र रहेका हरेक समुदायको कला सस्कृति देशको गहना भएकोेले यसलाई जोगाउनु पर्नेमा सम्बाहाम्फेले थप जोड दिए । यसैगरी मेला तथा रोहटे पिङका लागि योगदान पुर्याउने अबिवाहक बिस्वराम साम्बाहाम्फे टिका सम्बाहाम्फे सर्णबहादुर सम्बाहाम्फे गोबिन्द सम्बाहाम्फे लगायतका गाउभरिका वयोवृद्ध ब्यक्तिहरुलाइ पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

मेला तथा सास्कृतिक नृत्य कार्यक्रम र भलिबल खेल रानिगाउ युवा क्लबको आयोजनामा क्लबका अध्यक्ष रिजवान सम्बाहाम्फेको अध्यक्षतामा सप्पन्न भएको थियो ।

सम्बन्धित खवर