आगोलागीबाट पिडित आङ्देम्बेको परिवारलाई राहत वितरण - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आगोलागीबाट पिडित आङ्देम्बेको परिवारलाई राहत वितरण

आन्छुमे नसान

माङसेबुङ/मंगलबार इलामको माङ्सेबुङ गाउँपालिका वडा नं. ५ नाम्तोक्लामा आगोलागीबाट पिडित सुरेश आङ्देम्बेका परिवारलाई राहत वितरण गरिएको छ ।

शनिवार इलामको माङ्सेबुङ गाउँपालिका वडा नं. ३ मा रहेको सनारुङ युवा क्लवले राहत वितरण गरेको हो ।

आगलागीबाट पिडित परिवारलाई क्लवका अध्यक्ष विरेन लाओतीले सिरक, ढसना र शैक्षिक सामाग्री वितरण गरेका थिए ।

मंगलबार राति करिब १ बजे सुरु भएको आगोलागी ३ बजेमात्र स्थानीयको सक्रियतामा नियन्त्रणमा लिएको थियो ।

घर पूरै जलेर नष्ट भएकोले लत्ताकपडा, अन्नबाली, नगद सहित सुन चाँदी पनि जलेकोले करिब १२ लाख क्षति भएको थियो ।

सम्बन्धित खवर