आदिवासी जनजाति महासंघ फाल्गुनन्द गाउँपालिकाको दोश्रो अधिवेशन सम्पन्न - Mangsebung News
  • आइतबार, मङि्सर १४, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आदिवासी जनजाति महासंघ फाल्गुनन्द गाउँपालिकाको दोश्रो अधिवेशन सम्पन्न

पाँचथर । नेपाल आदिवासी जनजाति महासंघ, गाउँ समन्वय परिषद् फाल्गुनन्द गाउँपालिकाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार फाल्गुनन्द गाउँपालिकास्थित घुर्मिसे पञ्चमी बजारमा सम्पन्न अधिवेशनले भगिरथ चेम्जोङको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।

महासंघका जिल्ला अध्यक्ष सागर केरुङको अध्यक्षतामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा पेम्बा शेर्पा, सचिवमा सुमित्रा तामाङ, सहसचिवमा सालुमसाङ सोजे राई, कोषाध्यक्षमा कुमारी श्रेष्ठ तथा सदस्यमा लोकेन्द्र घिसिङ र नन्दकुमार आलेमगरलाई चयन गरेको हो ।

अधिवेशनमा नेपाल आदिवासी जनजाति महासंघका निवर्तमान जिल्ला अध्यक्ष रिन्जी शेर्पा, किरात याक्थुङ चुम्लुङका संघीय सदस्य महेन्द्र आङ्देम्बे, महासंघका जिल्ला उपाध्यक्ष जितेन चेम्जोङ तथा याक्थुङ मुन्चइत चोक सयङका निवर्तमान संघीय अध्यक्ष सूर्यप्रकाश चेम्जोङलगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर