
- पदम सुखि सम्बाहाम्फे
कुम्मायक । पाचथरको कुम्मायक गाउँपालिका स्थित वडा न, ५ को वडा कार्यलय सम्म पुग्ने सडक स्तर उन्नति निर्माण क्रममै अलपत्र परेको छ । थ्री लक्ष्मी कन्ट्रक्सन प्रा.लि. कम्पनीले आर्थिक बर्ष २०८१÷०८२ मा प्रदेश न, १ सरकारले ६० प्रतिशत र स्थानीय तह कुम्मायक गाउँपालिकाको ४० प्रतिशत बजेट साझेदारीमा सडक स्तर उन्नतिका लागि बिनियोजित जम्मा ८० लाख रकम मध्ये निर्माण कम्पनीले प्रतिस्पर्धात्मक प्रक्रियाबाट ५० लाखमा ठेक्का पाएको थियो ।
अनुमानित ५ किलोमीटर रहेको बाटोको ठेक्का पाए लगत्तै निर्माण व्यावसायि कम्पनीले २०८१ मङ्सिर महिना देखि आफ्नो काम थालेको थियो । ठेक्कामा सम्झौता भए अनुसार सडकको ट्र्याक खोल्ने तथा सोलिङ ग्याभिङ र नाली निर्माणकार्य सम्पन्न गरिसकेको थियो । त्यसपछि स्थानीय व्यावसायिकहरु सँग उपलब्ध हुन नसक्ने ह्याब्बि इकयुवमेन्टहरु र आसपासको स्थानीय तहहरुमा समेत सो सामग्री नभएकोले निर्धारित समयमा काम पुरा हुन नसकेको कम्पनीको भनाइ छ ।
सो कुरा गाउँपालिकालाई जानकारी गराए पनि आफुले थप म्याद नदिइ ०८२ असार २० गते नै काम बन्द गराइ जरिवाना १ लाख २ हजार तिराएर काम गर्न नदिएको पनि बताए । उता आर्थिक बर्षको अन्त्य सम्ममा निर्माण व्यावसायिले करिब ४० प्रतिशत मात्रै काम गरेको भन्दै प्राविधिक मुल्यांकनले देखाएको कुरा गाउँपालिकाको प्राविधिक शाखाले जनाए भने कार्यपालिकाको निर्णयले थ्री लक्ष्मि निर्माण कम्पनी ब्ल्याक लिस्टमा पर्ने प्रक्रिया अघि बढेको समेत गाउँपालिकाको कार्यपालिकाले जनाएको छ ।

व्यावसायीलाइ मुल्याङकनको आधारमा गाउँपालिकाले २० लाख रुपैयाँ भुक्तानी गरि सकेको र बाँकि ३० लाख रुपैयाँ प्रदेश सरकारद्वारा बिनियोजित बजेट खर्च हुन नसकि कुल ६० लाख रुपैयाँ फ्रीज भएको सव इन्जिनियर अर्पण लिम्बुले जानकारी दिएका छन, भने निर्माण व्यावसायीले संबंधित निकायका वडा कार्यलय र गाउँपालिकाको कार्यलयलाई समयमै कार्य सम्पन्न गर्न पटकपटक वातावरण मिलाई दिनुहोस् भनेर आग्रह र आधिकारिक पत्र लेख्दा समेत बेवास्ता गरेको गुनासो पोखेका छन ।
विद्युतको पोल र तमोर पम्पिङ खानेपानी पाइपलाइनहरु तत्काल ब्यवस्थित गर्नुहोस् भनेर लिखित पत्र दिदा समेत समयमै गाउपालिकाले चासो नदेखाएको निर्माण व्यावसायिको थप भनाइ छ । गाउँपालिकाले जति काम गरेको भुक्तानी दिदै सम्झौता बमोजिमको मितिमा व्यावसायिले निर्माणकार्य नसकेपछि थप काम गर्न २१० दिन पेनाल्टी अवधि ऐन निर्देशिकामै नियम भएको व्यावसायीले स्वीकारेका छ्न ।
सो समय र अवधीमा नियम अनुसार जरिवाना तिरेर भएपनि काम गर्न सकिने व्यावसायिको जिकिर छ । यो सडक मर्मत सुधार गर्न यसअगि पनि गाउँपालिकाले २०७६ देखि २०७८ सम्ममा १४ लाख रुपैयाँ खर्च गरिसकेको गाउँ कार्यपालिकाले जनाएको छ ।
योजना कार्यान्वयन, अनुगमन र दुई पक्षिय जवाफ देहिता र उत्तरदायीत्वताको अभावले गर्दा यो बजेट प्रभावकारी हुन नसकेको स्थानीयहरु बताउछ्न । नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने यो सडक कुम्मायक ५ को वडा कार्यलय हुदै कविलाले भञ्ज्याङ् बाट सदरमुकाम जान सहज हुने महत्त्वपूर्ण बाटो भएकोले सडकको निर्माणकार्य यसरी अधुरो, लथालिङ्ग अवस्थामा नराख्न स्थानीय स्तर बाट जोडदार आग्रह गरिएको छ ।








