१० लिम्बुवान १७ थुमका अन्वेसक र सरोकारवाला भुमि तथा थाकथलो संरक्षण अभियानमा जुट्दै - Mangsebung News
  • शनिबार, माघ १८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

१० लिम्बुवान १७ थुमका अन्वेसक र सरोकारवाला भुमि तथा थाकथलो संरक्षण अभियानमा जुट्दै

  • पदम सुखि सम्बाहाम्फे

पान्थर । पुर्वी नेपालका अरुण पुर्व ९ जिल्लामा रहेका तिन सय २३ भन्दा बढि याक्थुङ थरगत संस्थाका प्रमुखहरुको बृहत भेला भएको थियो । २ दिने कार्यक्रम तय गरि पाँचथर जिल्लाको कुम्मायक गाउँपालिकाको केन्द्र यासकमा शुक्रबार र शनिबार उक्त कार्यक्रम सम्पन्न भएको हो । सो भेलाले भुमि, थाकथलो र माङ्गेन्ना यक संरक्षण गर्न जुटेको बताइएको छ । जन्मथलो, ऐतिहासीक र सास्कृतिक स्थलहरुको संरक्षण एवं प्रर्बद्धन गरी याक्थुङको पहिचान कायम गर्न कार्ययोजना बनाएका छन् ।

सरकारले विकासको नाममा याक्थुङ समुदायका थाकथलो भुमिमा ऐतिहासीक एवं मुन्धुमी स्थलहरु अतिक्रमण गरि लोप हुन थालेको भन्दै १० लिम्बुवान १७ थुमका सरोकारवालाहरु यासकमा दुइदिने छलफलमा जुटेका थिए ।

थरगत सयङ सहजिकरण समुह संयोजक नन्द कन्दङवाले समुदाय आफैले चासो नदिएर पनि कतिपय ऐतिसिक स्थलहरु संरक्षण अभावमा लोप र नष्ट हुन पुगेको बताए । समुदायले भुमि अर्थात थाकथलोको महत्त्व नबुझेर वा सरकारबाट नै बिभीन्न बहानामा ऐतिहासीक स्थल तथा भुमि अतिक्रमण गरि नाम मेटेर थाकथलोको प्रमाणहरु समेत किन नष्ट पारेको भन्दै जसलाई संरक्षण गर्ने उद्देश्यले प्रभावकारी थप कार्ययोजना बनाउन भेला भएको पनि जनाइएको छ ।

१० लिम्बुवान १७ थुमका लिम्बु थरगत ( याक्थुङ सयङ ) समुदाय, कानुन, भुगोल अर्थात भुमि, ऐतिहासीक र सस्कृति विज्ञ सहित स्थानीय तहका जनप्रतिनिधीहरु समेत भेला भएर छलफल गरेका थिए । कार्यक्रममा फाल्गुनन्द गाउँपालिका अध्यक्ष वृजहाङ आङदेम्बेले बिगत बर्षहरुबाटै पालिकाले बजेट विनियोजन गरेर रैथाने थाकथलो संरक्षणमा आफु जुटेको तर आपसी कलहका कारण सोही मुद्दालाइ थप माथि उठाउन नसकिएको उनले बताए ।

कुम्मायक गाउँपालिका अध्यक्ष बमप्रसाद लावतीले तिनै तहको सरकारबाट रकम सुनिश्चित गरेर ऐतिहासीक स्थल कायम रहने गरीका काम भएको भन्दै आधा दर्जन बढि स्थलको उनले चर्चा गरेका थिए ।

समापन कार्यक्रममा फाल्गुनन्द पालिका उपाध्यक्ष ठकुरसिं नेम्बाङले भाषा, धर्म, कला तथा रैथाने सस्कृति संरक्षणमा रकम सम्बोधन गरेको जानकारी दिए । कुनै न कुनै प्रकारले संरक्षण, तथा प्रर्बद्धन गरेर पछिल्लो समय समुदायको आफैमा गम्भीर चासो बढेको अवस्था रहेको पनि उनले बताए ।

दुइदिने छलफलबाट पन्ध्र बुदे निर्णय गरेकाछन् । फेदेन यक, कुम्मायक यक, सेहोनाम्लाङ लगायतको ऐतिहासीक भुमि संरक्षणमा सबै तह र तप्का जुट्नु पर्ने आवश्यकता जनाउदै नाम्फुन्यक अर्थात सिलौटीमा १६ औ राष्ट्रिय बिभुति फाल्गुनन्द शालिक माथिको विवाद जस्ता मुद्दामा स्थानीय सरोकावालाहरुबाटै समस्या समाधान खोजेर पुख्यौली भुमि, माङ्गेन्ना यक समाधि स्थल संरक्षण सम्बन्धि कार्ययोजना पत्रकार सम्मेलन मार्फत सार्बजनिक गर्नुपर्ने बताए ।

छलफलमा कुम्मायक पालिका निर्वतमान अध्यक्ष जयबहादुर चेम्जोङ, कुम्मायक १ का वडा अध्यक्ष देबेन्द्र कुमार लावती, अन्वेशक लक्षमण लावती, प्रज्ञादय दिलेन्द्र कुरुम्बाङ र हरिचन्द्र लावती साथै स्थानीय समाजसेवी

भिम सम्बाहाम्फे लगायत तिन दर्जन भन्दा बढि अन्वेशक एवं अभियान्ताहरुले आफ्नो विचार राखेका थिए ।

छलफलमा थरगत सयङ संयोजन नन्द कन्दङवा, अन्वेशक डा.कमल तिगेला, अधिवक्ता शंखर लिम्बु, अन्वेसकदय नरप्रसाद लुङफुङ्वा र राम मादेनले ९२ पृष्ठको संयुक्त कार्यपत्र प्रस्तुतीमा बढि चर्चा र टिकाटिप्पणी भएको थियो । प्रथम थुम समिति बैठकमा कार्यपत्र अनुसार १५ बुदे सारांस निर्णय गरेको आयोजकले जनाएकाछन् । छलफलमा १० लिम्बुवान १७ थुमका संयोजकहरुले आफ्नो कार्यप्रगति प्रस्तुत गरेका थिए । तत्काल कार्ययोजनामा अप्रभंसी नाम पुर्नलेखन अभियानमा चासो दिएकाछन् ।

१७ थुम मध्येका मिक्वा थुममा ३० थरगत सयङ, मेवा थुममा करिव ३२ थरगत सयङ र तमोर थुममा करिव २७ थरगत सयङ बसोबास रहेकाछन् । त्यसैगरी याङवरक थुममा करिव ३७ थरगत सयङ, पान्थर थुममा करिव ५७ थरगत सयङ, आठराइ फाङदेन थुममा करिव १९ थरगत सयङ, फेदाव थुममा करिव ३५ थरगत सयङ, छथर थुममा करिव २३ थरगत सयङ, चौबिस थुममा करिव २७ थरगत सयङ तथा फाक्फोक चारखल थुममा ३५ थरगत सयङ बसोबास रहेको थुम समिति संयोजकहरुले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

पान्थर थुम संयोजक बिजयबोध लाओती, छथर थुम संयोजक चेवन तुम्बाहाङ, फाकफोक ईलाम थुम संयोजक भूमीका फ्याक, फेदाप थुम संयोजक प्रबेग हाङश्रोङ, आठराई थुम संयोजक जय प्रकाश ईङनाम, तमर थुम संयोजक श्री लिङखिम, मिक्लुक–चौविस थुम संयोजक भबिराज तुम्सा, मैवाखोला थुम सहसंयोजक चन्द्रमान वनेम र याङवरक थुम सहसंयोजक मचिन्द्र बेघा समेतको उपस्थिति रहेको थियो ।

२०७८ मङ्सिर १७ र १८ गते तेह्रथुम जिल्लाको छ्कलिटारमा सस्थाको पहिलो भेला भएको थियो भने आइ एल ओ १६९ र आदिवासी जनजातिका अधिकार थप सुनिश्चित गर्न आम याक्थुङ ( लिम्बु ) सरोकारवाला समुदायहरुको धरानमा दोस्रो पटक २०८० मङ्सिर २३ र २४ गते भेला भएको जनाइएको छ । सङ्घिय पुनःसंरचना अनुसार यस जिल्ला मुन्धुमि स्थल र रैथाने याक्थुङ थर भाषा तथा जनजिविका र भूगोल सङ्ग प्रत्यक्ष सरोकार गासिएको यो कार्यक्रम महत्वपूर्ण रहेकोे बताइएको थियो ।

हाम्रो ऐतिहासिक भौगोलिक भुमिमा हाम्रो स्वशासन र स्वायत्तता कायम गरौ भन्ने मुल नाराका साथ भएको सो कार्यक्रम कुम्मायक गाउपालिकाको प्रमुख सहयोग र पापोहाङ शेर्मा सङ्जुम्भो ,नेम्बाङ बङ्श बिकास सस्था यसैगरी थाकथाकु माबोहाङ बङ्श र थेगिम हाङ बङ्शको सहसहयोगमा सम्पन्न भएको थियो ।

परम्परागत प्रथाजनित सस्था अनि पुख्र्यौलि भुमि र अवधारणा , दावी ,अभिलेखिकरण ,घोषणा नियन्त्रण र व्यवस्थापन सम्बन्धि प्रथम थुम समितिको यो कार्यक्रम चेवन तुम्बाहाङ्को सभाअध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर