
माङसेबुङ । किरात साम्यो नालीफूङवा थुम पान्जुम्भो ताप्लेजुङको छैठौ अधिवेशनले विमल खिम्दिङको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ ।
ताप्लेजुङको फुङलिङ नगरपालिका–६‚ काउलेस्थित किरात हाङसाम माङिहममा आइतबार सम्पन्न अधिवेशनले खिम्दिङको अध्यक्षतामा २३ सदस्यीय समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा कमला पालुङ्वा‚ राम फुरुम्बो र भिम तबेबुङ, सचिवमा प्रदिप तबेबुङ तथा सहसचिवमा लाजिमा कङ्लिबा र योगेश ताप्मादेन र कोषाध्यक्षमा उदय लिबाङ चयन भएका छन् ।
यसैगरी सदस्यमा आदिप तबेबुङ‚ दिनेश लिङ्खिम‚ सोनी लिम्बू‚ राम कङ्लिबा‚ तान्छो पालुङ्वा‚ सुक्मिला ओख्राबु‚ लिला पालुङ्वा‚ पिन्की पालुङ्वा राई‚ चाँदनी सावदेन र बिनिता सेम्बुलाई चयन गरेको छ। यस्तै‚ सुकवीर अन्छङ्बो‚ मिङ्सो हेल्लोक‚ समीर लेछर्बो‚ कन्चन इजम र बिना अन्छङ्बो चयन भएका छन् ।







