राई विद्यार्थी संघ विभाजित रामचन्द्रको अध्यक्षमा नयाँ समिति - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राई विद्यार्थी संघ विभाजित रामचन्द्रको अध्यक्षमा नयाँ समिति

दमक। प्रदेश नं १ लाई किरात प्रदेश नामाकरण गराउने राजनीतिक संघर्षमा रहेका किरात राई यायोक्खा अन्तर्गत रहेको किरात राई विद्यार्थी विभाजित भएका छन् ।

गत वैशाखमा खोटाङमा सम्पन्न संघको ९औं राष्ट्रिय सम्मेलनबाट जितेन राईको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गरिएको थियो ।

बुधबार झापाको दमकमा भेला भएका विद्यार्थीहरुले रामचन्द्र राईको अध्यक्षतमा ५७ सदस्यीय अर्को समिति घोषणा गरेका छन् ।
संघको ९औं राष्ट्रिय सम्मेलनदेखिनै विद्यार्थीहरु विभाजित भएका थिए ।

हाल एउटै उद्देश्य र नाम सहितको दुई अलग–अलग संगठन बनेको छ । यसको प्रमुख कारण यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईनै भएको नवगठित विद्यार्थी संघका अध्यक्ष रामचन्द्र राईले बताए ।

अध्यक्ष दिवस राईले ९औं राष्ट्रिय सम्मेलनमा संघका संस्थापक, पूर्व अध्यक्ष, जिल्ला प्रतिनिधिहरुलाई समेत निषेध गरी आफु सम्बद्ध पार्टी (नेकपा) को विचार बोक्ने विद्यार्थीहरुलाई मात्रै समेटेर नयाँ कार्यसमिति घोषणा गरेको नवगठित विद्यार्थी अध्यक्ष रामचन्द्र राईले आरोप लगाए ।

‘उहाँले आफू अनुकुलका मान्छे ल्याउने गरी लबिङ गर्नुभो, हाम्रा कुराहरुमा चासो दिनुभएन,’ अध्यक्ष रामचन्द्र राईले भने, ‘विद्यार्थीको सम्मेलनमा देखिएको विवाद मिल्ने अपेक्षासहित हामीले पटकपटक उहाँको ध्यानाकर्षण गरायौ, समस्याको समाधान खोज्न ४ महिनासम्म पर्खियौ । तर यसबीचमा केही कुराकानी भएन, कुनै पहल गरिएन ।’

यायोक्खाको इलामको कार्यक्रममा अध्यक्ष दिवस राईलाई कालो झण्डा देखाइएको थियो । उक्त कार्य असन्तुष्ट राई विद्यार्थीहरुलेनै गरेका थिए ।

९औं राष्ट्रिय सम्मेलनमा गैर किरात समुदायका व्यक्तिहरुलाई बन्दसत्रमा प्रतिनिधि बनाइएको, जिल्लाको आधिकारिक प्रतिनिधि भन्दा अन्यलाई समितिमा राखिएको, संगठननै नभएको सोलुखुम्बु जिल्लाबाट मात्र ४० जना भन्दा बढी प्रतिनिधि बनाइएको लगायत आरोप नवगठित विद्यार्थी संघको दाबी छ ।
हामी त समस्या समाधानकै पक्षमा थियौं र छौ यही कारणनै हामीले ५ महिना पर्खियौ, अर्को समिति घोषणा गर्ने भए त त्यहीबेला गरिहाल्थ्यौ । यि सवै समास्याको जिम्मा अध्यक्ष दिवस राईले लिनुपर्ने रामचन्द्र राईले बताए ।

किरात राई विद्यार्थी संघ केन्द्रिय समितिको नामवलीः
१. अध्यक्ष ः रामचन्द्र राई
२. उपाध्यक्ष ः सुसन रुङमाहाङ राई
३. उपाध्यक्ष ः सपना राई
४. महासचिव ः अञ्जिलहाङ किराती
५. सचिव ः अशोक राई
६. सचिव ः याम बाङदेल
७. कोषाध्यक्ष ः रमला राई
८. सहकोषाध्यक्ष ः रोशन राई
९. संगठन विभाग प्रमुख ः झिल खिम्बुले राई
१०. प्रशिक्षण विभाग प्रमुख ः अन्वेश थुलुङ
११. शैक्षिक विभाग प्रमुख ः सुशिला निनाम राई
१२. प्रचार प्रसार विभाग प्रमुख ः केशर थुलुङ
१३. महिला विभाग प्रमुख ः सिल्पा राई
१४. स्वयवसेवक विभाग प्रमुख ः ओपेन्द्र राई
१५. अतिरिक्त विभाग प्रमुख ः चन्द्र किराती
१६. भाषा धर्म तथा संस्कृती प्रमुख ः कृष्ण राई
१७. विदेश विभाग प्रमुख ः सुनिल हताछो
१८. अनुशासन विभाग प्रमुख ः पणन राई
१९. साँस्कृतिक विभाग प्रमुख ः जितेन साम्पाङ
२०. सदस्य ः प्रतिक्षा राई
२१. सदस्य ः सुर्य स्माइल राई
२२. सदस्य ः ऋषि राई
२३. सदस्य ः पुष्पा राई
२४. सदस्य ः अन्नत राई
२५. सदस्य ः विन्दु मुकारुङ
२६. सदस्य ः सजिना राई
२७. सदस्य ः करुणा राई
२८. सदस्य ः रोशन राई खोटाङ
२९. सदस्य ः इशाहाक राई
३०. सदस्य ः अरुण राई
३१. सदस्य ः बिना राई
३२. सदस्य ः शोभा राई
३३. सदस्य ः वबिन राई
३४. सदस्य ः अजय राई
३५. सदस्य ः निशान किराती
३६. सदस्य ः सुसन राई
३७. सदस्य ः भुमिका राई
३८. परिषद सदस्य ः शोभा राई (इलाम)
३९. परिषद सदस्य ः रजनि राई (उपत्यका)
४०. परिषद सदस्य ः सन्तोष राई (उपत्यका)
४१. परिषद सदस्य ः विमोस राई (उपत्यका)
४२. परिषद सदस्य ः सुभाष राई (सुनसरी)
४३. परिषद सदस्यः युवराज राई (सुनसरी)
४४. परिषद सदस्य ः अस्मिता राई (सुनसरी)
४५. परिषद सदस्य ः सुदिका राई (उदयपुर)
४६. परिषद सदस्य ः देवीका राई (उदयपुर)
४७. परिषद सदस्य ः पुनम राई (ओखलढुंगा)
४८. परिषद सदस्य ः जयन्ती राई (खोटाङ)
४९. परिषद सदस्य ः राजन राई (पाचथर)
५०. परिषद सदस्य ः रिना राई (ताप्लेजुङ)
५१. परिषद सदस्य ः आसा राई (ताप्लेजुङ)
५२. परिषद सदस्य ः इशा राई (मोरङ)
५३. परिषद सदस्य ः विनिता राई (झापा)
५४. परिषद सदस्य ः सपन थुलुङ राई (सोलुखुम्बु)
५५. परिषद सदस्य ः पुजना राई (भोजपुर)
५६. परिषद सदस्य ः निशान राई (संखुवासभा)
५७. परिषद सदस्य ः कृष्णा राई (धनकुटा)

११ बुँदे दमक घोषणापत्र
नवगठित समितिको तर्फबाट ‘११ बुँदे दमक घोषणापत्र’ समेत जारी भएको छ ।
जसमा प्रदेश नं १ लाई किरात नामाकरण गराउनका लागि पहिचान पक्षधर राई विद्यार्थीहरुबीच धु्रवीकरण गरिनुपर्ने, प्रदेशबासीलाई गोलबद्ध गर्नुपर्ने, किरात राई विद्यार्थी संघलाई कुनै राजनीतिक दलको भातृसंगठनजस्तो बनाउन नहुने, मातृभाषा शिक्षालाई व्यवहारिक कार्यान्वयन गर्नुपर्ने लगायत उल्लेख छन् ।

सम्बन्धित खवर