किरात याक्थुङ चुम्लुङको ३७औं स्थापना दिवस कार्यक्रम कुम्मायकमा सम्पन्न - Mangsebung News
  • शनिबार, भदौ २८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

किरात याक्थुङ चुम्लुङको ३७औं स्थापना दिवस कार्यक्रम कुम्मायकमा सम्पन्न

  • पदम सुखि सम्बाहाम्फे

कुम्मायक । पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा किरात याक्थुङ चुम्लुङको ३७औं स्थापना दिवस कार्यक्रम गत मङ्गलबार सम्पन्न भएको छ ।

गाउँपालिकाका अध्यक्ष बमप्रसाद लावतिको प्रमुख उपस्थितिमा भएको स्थापना दिवस कार्यक्रममा लिम्बु भाषा र लिपि जगेर्ना गर्नुको विकल्प नरहेको बताइएको थियो । लिम्बु समुदाय भित्र अहम्ता र अपुङ्गि सोच मौलाउदै गएकोले आपसी झगडामा फस्दै गएको समाजसेवी खिमसेमि शेर्माले चिन्ता व्यक्त गरेका थिए ।

लिम्बु भाषा लिपि धर्म सस्कार सस्कृति र पहिचान संरक्षण सम्बद्र्धनका लागि विशुद्ध सस्था किराँत याक्थुङ चुम्लुङलाइ आम लिम्बु समुदाय तथा गैर लिम्बुको सधैं सबैको साथ सहयोग हुनुपर्ने प्रेम सम्बाहाम्फेले बताए । सङ्घिय सरकार बाट किराँत याक्थुङ चुम्लुङ्लाइ अब छुट्टै बजेट ब्याबस्थापन गरिनु पर्ने पनि सम्बाहाम्फेको भनाइ थियो ।

कुम्मायक गाउपालिकाको वडा नम्बर ३ र ४ का केहि बिधालयमा पठनपाठन गराइरहेका शिक्षकहरुले स्थानीय सरकारद्वारा पाठ्य पुस्तक निर्माण नगरेकोले बिद्यार्थीलाइ पढाउन असहज भएको शिक्षिका निरा सम्बाहाम्फेले बताइन । निम्नतम तलबमा पढाउनु पर्छ मस्लन्द सेवा सुविधा केहि छैन लिम्बु भाषा शिक्षक शिक्षिकालाइ उत्साहित बनाउनुको सट्टा हेय्य दृष्टिले हेरिएकोले स्थानीय सरकार लाइ थप ध्यानाकर्षण गराउन किराँत याक्थुङ चुम्लुङ शाखा कुम्मायक गाउकार्य समितिले यथाशीघ्र पहल गर्न आग्रह गरे ।

अर्का बक्ता नरेन्द्र सम्बाहाम्फेले छुट्टै लिम्बुवान प्रान्तको माग गर्ने तर धर्म र लिपी सम्बन्धि सामाजिक संजालमा विवाद गर्नाले समग्र लिम्बुजाति प्रतिको राम्रो सन्देश नफैलिने बताए । किराँत याक्थुङ चुम्लुङ्ले ३७ सौ स्थापना दिवस मनाइरहदा किराँत शब्दलाइ हटाएर याक्थुङ चुम्लुङ मात्र सस्थाको नाम राखौ भन्ने कोहि समुह छन भने सिरिजङ्गा लिपी सम्बन्धि पनि अनेकन टिका टिप्पणि हुन थालेको हुँदा चुम्लुङको केन्द्रिय समितिले विवाद सुल्झाउनु पर्ने उनको भनाइ थियो ।

युमा, किराँत र सत्यहाङ धर्म जुन नामदेखि पुकारे पनि एउटै इस्वर भएको किरात याक्थुङ चुम्लुङका पुर्व केन्द्रिय सदस्य गणेशकुमार चेम्जोङले बताए ।

पत्रकार तथा विभिन्न संघ संस्थाका प्रतिनिधि समाजसेवी नागरिकहरूको उपस्थिति रहेकोे सो कार्यक्रम किराँत याक्थुङ चुम्लुङ शाखा कुम्मायक गाउकार्य समितिका अध्यक्ष तारानाथ सम्बाहाम्फेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर