
सुनसरी । किरात साम्यो माङसेवासावा थुम पान्जुम्भो सुनसरीको अध्यक्षमा कालेन्द्र लाओती सर्वसम्मत निर्वाचित भएका छन् ।
किरात साम्यो माङसेवासावा थुम पान्जुम्भो सुनसरीको बिहिबार सम्पन्न दोस्रो सम्मेलनले लाओतीलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।
सम्मेलनले लाओतीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमित समेत सर्वसम्मत चयन गरेको किरात साम्यो माङसेवासावा मुजोत्लुङ पान्जुम्भोका कोषाध्यक्ष प्रकाश सावदेनले जनाएको छ ।

नव निर्वाचित उपाध्यक्षमा चन्द्र पालुङवा, सचिवमा सुरेश पारघरी खजुम, सह सचिवमा हर्कराज ओख्राबो, कोषाध्यक्षमा गंगा जवेगु रहेका छन् ।
यसैगरी सदस्यहरुमा धन कुमारी पन्धाक एभेङ, डाइमन राना मगर, कमल योङहाङ, राम योङहाङ, पुर्ण सम्बाहाङफे, सेसेहाङ सम्बाहाङफे निर्वाचित भएका छन् । यसरीनै सल्लाहकार संयोजकमा धनपति चोङबाङ क्याक र सदस्यमा रानाहाङ एभेङ र छविलाल एभेङलाई चयन गरिएको छ ।
किरात साम्यो माङसेवासावा थुम पान्जुम्भो सुनसरीका अध्यक्ष धनपति चोङबाङ क्याकको अध्यक्षतामा र किरात साम्यो माङसेवासावा मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष भगिहाङ नेम्बाङको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनमा किरात साम्यो माङसेवासावा मुजोत्लुङ पान्जुम्भोका कोषाध्यक्ष प्रकाश सावदेन, सदस्यहरु बिष्णु चेम्जोङ, शिवकुमार इङनाम लगायत किरात धर्मजन्य संघ संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।







