
- आन्छुमे नसान
माङसेबुङ । याक्थुङ लिम्बू संस्कृतिमा आधारित लघु चलचित्र ‘मेक्खिम’ सार्वजनिक गरिएको छ ।
कमला चेम्जोङको कथा तथा एम.के. सुब्बाको निर्देशन रहेको लघु चलचित्र ‘मेक्खिम’ केएलएस अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
चलचित्रमा राज कुमार आङदेम्बे, कमला चेम्जोङ, मिना नेम्बाङ, नरेन्द्र योङहाङ, गणेश के योङहाङ, एम. के. सुब्वा योङहाङ, अगम नेम्बाङ, भक्ति प्रसाद नेम्बाङ, फिपराज नेम्बाङ, प्रदिप नेम्बाङ, खुस्बु माखिम, पासाङ योञ्जन, रजनी हाङसरुम्बा, उमा राई र चोत्लुङ नेम्बाङले अभिनय गरेका छन् ।
ब्रदर्श प्रडक्शनको पोष्ट प्रडक्शन तथा कमला चेम्जोङको प्रडक्शन मेनेजर र मर्गन लिम्बूको निर्माण रहेको लघु चलचित्रमा सुजन श्रेष्ठको छायांकन, सम्पादन तथा कलरिङ, देवराज सिग्देल (मोती)को सहायक छायांकन, निश्चल घायल, उदाशी पायल राईको कला र कृष्ण सुबेदीको मेकअप रहेको छ ।
लघु चलचित्र मेखिम अर्थात बिवाहमा मागी बिवाह र भागी विबाहलाई रोचक तवरले प्रस्तुत गरिएको छ । चलचित्रमा मेखिमपछि श्रीमान र श्रीमतीविचको द्वन्द र त्यसबाट उत्पन्न समस्या साथै बहु बिवाहलाई समेत उजागर गरिएको छ ।
चलचित्रमा शाहिल लिम्बू, तिर्सना नेम्बाङ र मनमा बी राईको आवाज रहेको छ ।
भिडियो हेर्नुहोस…






