थोकफेला र सुमनको पालाम ‘पन्छीमा राम्रो’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, साउन २९, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थोकफेला र सुमनको पालाम ‘पन्छीमा राम्रो’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायिका थोकफेला लिङदेन र गायक सुमन लिम्बूको आवाजमा सजिएको पालाम साम्लो ‘पन्छीमा राम्रो’ सार्वजनिक गरिएको छ ।

जीवन केदेमको शव्द संकलन तथा राजु आङदेम्बेको लय संकलन रहेको पालाम साम्लो ‘पन्छीमा राम्रो’ को भिडियो सार्वजनिक गरिएको हो ।

सिमिक्लुङ दर्पणले तयार पारेको अडियो तथा भिडियोमा कृष्ण थलङको छायांकन तथा सम्पादन र सुनिता किरातीको मेकअप रहेको छ ।

भिडियोमा थोकफेला लिङदेन, हाङमा थोप्रा, बवी तेयुङ, तिर्सना नेम्बाङ, सुनिता चोङवाङ, पासाङ पी शेर्पा, सेसेहाङ योङहाङ, दिलन लावती, नेत्रहाङ साम्पाङ र विजय थेबेले अभिनय गरेका छन् ।

मनोज साङसोन राईको संगीत संयोजनमा किङग् स्टुडियोमा रेकर्ड गरिएको गितको रेकर्डिङ सुरेश राई र मिक्सिङ राजु कार्कीले गरेका हुन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर