राजसुक्र र दुुर्गाको आवाजमा पालाम ‘लुङ्मासो पहिम’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, असोज ०८, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राजसुक्र र दुुर्गाको आवाजमा पालाम ‘लुङ्मासो पहिम’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायक राजसुक्र लिम्बू र गायिका दुुर्गा तुम्साको सुमधुर अवाजमा सजिएको पालाम ‘लुङ्मासो पहिम’ सार्वजनिक गरिएको छ ।

आइत खजुमको शव्द तथा लय संकलन र अशोक थापाको संगित संयोजन रहेको याक्थुङ लिम्बू संस्कृतिमा आधारित पालाम ‘लुङ्मासो पहिम’ को म्युजिक भिडियो मनेरञ्जन नेपाल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

राजसुक्र लिम्बूको निर्देशन रहेको पालाम भिडियोमा हिमाल लेछर्बो लिम्बू,,रोसा नेम्बाङ, रमा साम्बा, समिता कन्दङ्वा लिम्बूू, मनिता थाम्सुहाङ, मुना थाम्सुहाङ, दिलेन्द्र फियाक, यज्ञ बहादुर लिम्बू, पृथीराज राई, ऋतुराज लिम्बू र जयकुमार राईको अभिनय रहेको छ ।

भन्ज्याङ रिसोर्ट (चपेटी)मा छायांकन गरिएको भिडियोमा जीवन थापा मगरको छायाँङ्कन, उज्जल भण्डारीको सह–छायाँङ्कन, सुमन मग्रान्तीको श्रृंगार, भुवन खड्काको ड्रोन र मुहा सिं थापा मगरको सम्पादन रहेको छ ।

पालाम हेर्नुहोस…

सम्बन्धित खवर