गोविन्द र बबिनाको ‘गोठाले कान्छा रानी बनैमा’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • सोमबार, भदौ ०८, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गोविन्द र बबिनाको ‘गोठाले कान्छा रानी बनैमा’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गायक गोविन्द लिम्बू र गायिका बबिना किरातीको आवाजमा पुर्वेली लोक भाकामा सजिएको गित ‘गोठाले कान्छा रानी बनैमा’ सार्वजनिक गरिएको छ ।

गोविन्द लिम्बूकै शव्द तथा लय संकलन रहेको पुर्वेली गित ‘गोठाले कान्छा रानी बनैमा’ को म्युजिक भिडियो गोविन्द लिम्बू युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रदिप लामाको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा प्रदिप लामा र खुशी कार्कीले अभिनय गरेका छन् । भिडियोमा श्रीजन रावलको सहायक कोरियोग्राफी, पवन सुस्लीङको छायांकन, सम्पादन तथा कलर, सरिता प्रजापतीको मेकअप रहेको छ ।

देवेश राईको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गितमा शाहिल लिम्बू, दिपा लामा र अप्सु योगीको समेत आवाज रहेको छ ।

प्रदिप र खुशीको दमदार नृत्य रहेको म्युजिक भिडियो सार्वजनिक भएसँगै गित र भिडियो दर्शक स्रोताले निक्कैनै रुचाएका छन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर