माङसेबुङ । नेपाल एएफसी यु–२३ एसियन कप छनोटको पहिलो खेलमै पराजित भएको छ ।
बुधबार रिपब्लिकन सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपाल घरेलु टोली ताजिकिस्तानसँग ४–० ले पराजित भएको हो ।
३ अंक बटुल्ने लक्ष्यसहित मैदान उत्रिएको नेपाल पहिलो खेलमै पराजित हुदैं छनोट यात्रा सुरु गरेको छ । कमजोर डिफेन्स कारण नेपाललाई सुरुआत नै कठिन साबित भयो ।
ताजकिस्तानको जितमा मुहम्मद अली अजिजबोइभले दुई तथा रहमतजोदा रहमतशो र शरिपोभ डालेरले समान एक गोल गरे र घरेलु टोलीलाई महत्त्वपूर्ण ३ अंक दिलाए ।
समूह ‘के’ मा रहेको नेपालले अब शनिबार दोस्रो खेलमा सिरियासँग प्रतिस्पर्धा गर्नेछ ।