सिक्किममा थेत्लङको प्रिमियर शो - Mangsebung News
  • आइतबार, जेठ २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सिक्किममा थेत्लङको प्रिमियर शो

 

काठमाडौं, ३ असोज / ओपेरा इन्टरटेन्मेन्टद्वारा निर्मित लिम्बु चलचित्र ‘थेत्लङ’को २१ सेप्टेम्बरमा सिक्किम स्थित मानान केन्द्रमा प्रिमियर शो हुने भएको छ । सिक्किममा निर्मित पहिलो लिम्बू भाषाको उपन्यास, थेत्लङमा आधारित फिल्म हो ।

किशोर सुब्बाद्वारा निर्देशित चलचित्रमा विशाल सेनेहाङ र दिव्य लिम्बू मुख्य भूमिकामा छन् । संकिता सुब्बा, मुन्ना सुब्बा र सिक्किमका अन्य कलाकारहरूको समेत भूमिका रहेको यस फिल्ममा चारवटा गीतहरू रहेका छन् ।

चलचित्रबारे निर्माता मणि ताम्लिङले सिक्किमबाट लिम्बू उपन्यासमा आधारित यो पहिलो लिम्बू फिचर फिल्म भएको बताएका छन् । २ घण्टा लामो फिल्मले भाषा, संस्कृति, लिम्बू समुदायको परम्पराको प्रदर्शन गर्न र सिक्किमको सुन्दर पर्यटकीय स्थानहरूलाई प्रर्बद्धन दिन सबैभन्दा राम्रो प्रयास गरेको जानकारी ताम्लिङले दिएका छन् ।

हामीले सबै आवश्यक सामाग्री राखेर राम्रो फीचर फिल्म निर्माण गर्न हामीले सक्दो प्रयास गरेका छौं । त्यसैले हामी धेरै सकारात्मक र आशावादी छौं कि दर्शकले फिल्म मनपराउने छन् । चलचित्र २५ तारिख हि बजारमा प्रदर्शन पश्चात निकट भविष्यमा काठमाडौं, युके तथा हङकङमा प्रदर्शन गर्ने योजना रहेको पनि ताम्लिङले बताए ।

प्रिमियर शो मा नेपालबाट सबै कलाकार तथा शुभेच्छुकहरूको सहभागी हुने भएको छ ।

सम्बन्धित खवर