काकीराम लावती “आन्छुमे नसान”
दमकरबुधबार भएको पहिलो सेमिफाईनलमा फुटबल किङग्स ले ब्रदर युनाईटेडलाई ३÷१ ले पराजित गर्दै दमक १ पाँचौं फुटबल प्रतियोगिताको फाईनलमा प्रबेश गरेको छ ।
भाङबारी स्कुलको खेलमैदानमा जारी प्रतियोगिताको बुधबार सम्पन्न फुटबल किङग्स र ब्रदर युनैटेड बिचको पहिलो सेमिफाईनल मध्यान्तर सम्म भने बराबरीमा रोकिएका थिए । मध्यन्तर पछि भने अक्रमक रुपमा मैदान प्रबेश गरेका फुटबल किङग्सले प्रदिप मगरको गोलबाट अग्रता लिएका थिए ।
ब्रदर युनैटेडका खेलाडीले फल गरेको अवसरलाई सदुपयोग गर्दै किङग्सका डेबिड लिम्बुले फ्रिकिक् प्रहार गर्ने क्रममा जालि चुमाउदै अग्रता दोब्बर बनाएका थिए । अन्तमा बिक्रम राईले थप १ गोल गर्दै टीमलाई जीत नजिक पुर्याएका थिए ।
युनैटेडले भने डिबक्स भित्र फल पाएपछि पेनाल्टी पाएकोले सान्तावना स्वरुप १गोल गरे पनि हार भने टार्न सकेन ।
बिहिबार दोस्रो सेमिफाइनल खेल अन्तर्गत म्याड डग बिरुद्ध चम्किलो युथले पर्तिसपर्धा गर्दैछ ।
दमक १ फुटबल परिवारको आयोजनामा दमक १ भरिका फुट्बल किङग्स, ब्रदर युनाईटेड, चम्किलो युथ, म्याग डग, डाईनामिक युथ, ब्लु समुराई, टीम फर्चुनेट र मकालु युनैटेड गरि ८ क्लवहरुले सहभागिता जनाएको प्रतियोगिको फाईनल खेल भने असोज ११ गते सम्पन हुने आयोजकले बताएका छन ।