थ्री स्टार आहा रारा गोल्डकपको सेमिफाइनमा प्रबेश - Mangsebung News
  • बुधबार, बैशाख २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थ्री स्टार आहा रारा गोल्डकपको सेमिफाइनमा प्रबेश

पोखरा / पोखरामा जारी १८औं संस्करणको आहा रारा गोल्डकपमा थ्री स्टार क्लब सेमिफाइनलमा प्रबेश गरेको छ ।

पोखरा रंगशालामा सोमबार भएको तेस्रो क्वार्टरफाइनलमा गान्तोक सिटी एफसीलाई ३–० गोलले पराजित गर्दै थ्री स्टार क्लव सेमिफाइनलमा प्रबेश गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा थ्री स्टारलाई जिताउन सुशन श्रेष्ठले दुई र संजोक राईले एक गोल गरे ।

यो संगै थ्री स्टारले सेमिफाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबको सामना गर्ने पक्का भएको छ । यसअघि पुलिस आयोजक सहारा क्लब पोखरालाई हराउँदै सेमिफाइनलमा पुगिसकेको छ ।

सम्बन्धित खवर