कोरोना भाइरसमा १९८ वटा स्वरुप परिवर्तन : वैज्ञानिकहरुनै आश्चर्यमा - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना भाइरसमा १९८ वटा स्वरुप परिवर्तन : वैज्ञानिकहरुनै आश्चर्यमा

एजेन्सी / कोरोना भाइरसमा सयौँ म्यूटेशन अर्थात् उत्परिवर्तन देखिएको अमेरिका तथा बेलायती वैज्ञानिकले पत्ता लगाएका छन् ।

युनिभर्सिटी कलेज लन्डनले गरेको अर्को अध्ययनले कोरोना भाइरसमा १९८ वटा उत्परिवर्तन भएको पत्ता लगाएको हो ।

कोरोना भाइरसको संरचनात्मक परिवर्तन देखेर वैज्ञानिकहरु समेत आश्चर्यमा परेका छन् । तर ती स्वरुप परिवर्तनले देखिएको विकृतिले कोरोना भाइरस मानिसमा फैलिनु तथा खोप निर्माणमा कस्तो प्रभाव पर्छ भन्ने स्पष्ट भइन नसकेको बिबिसीले जनाएको छ ।

सामान्यतया भाइरसहरूमा उत्परिवर्तन भइरहन्छ । तर तीमध्ये कुन परिवर्तनले भाइरसको संक्रमण शक्ति र रोगको सघनतामा परिवर्तन गर्छ भन्ने प्रश्न महत्त्वपूर्ण भएको वैज्ञानिकहरुले बताएका छन् ।

अमेरिकामा गरिएको एउटा प्रारम्भिक अध्ययनले डि ६१४ जी नाम दिइएको उत्परिवर्तन प्रमुख रहेको र त्यसले रोगलाई अझ संक्रमक बनाउन सक्ने सङ्केत गरेको छ ।

न्यू मेक्सिकोस्थित लस एलमो राष्ट्रिय प्रयोगशालाले कोरोना भाइरसको सतहमा हुने स्पाइक प्रोटीनलाई नियालिरहेका छन् । उक्त प्रोटीनका कारण कोरोना भाइरसको स्वरूप भिन्न देखिन्छ ।

उनीहरूले ग्लोबल इनिसिएटिभ अन शेअरिङ अल इन्फ्लूएन्जा डेटा (जिआइएएआइडी) नामक डेटाबेस प्रयोग गरेका छन् ।

उनीहरूले यही उत्परिवर्तनका कारण कोरोना भाइरस चाँडै फैलिएको हुन सक्ने बताएका छन । तर यसको परिणाम अझै अस्पष्ट छ । उक्त अध्ययन अरू वैज्ञानिकबाट समीक्षा हुन तथा वैज्ञानिक जर्नलमा प्रकाशित हुन बाँकी छ ।

अनुसन्धानकर्ताहरूको उक्त टोलीले यूकेको शेफील्डमा बिरामीबाट सङ्कलित डेटाको पनि विश्लेषण र्गयो । त्यस्तो उत्परिवर्तन भएको विषाणु फेला परेका बिरामीबाट सङ्कलित नमुनामा धेरै कोरोना भाइरस पाइएको भए पनि ती मानिस धेरै बिरामी भएको वा लामो समय अस्पताल बस्नुपरेको प्रमाण भेटिएन ।

जब कुनै जीनको डिएनएमा कुनै स्थायी परिवर्तन हुन्छ भनें त्यसलाई उत्परिवर्तन (म्युटेसन) भनिन्छ । यो कोशिकाको विभाजनको समय कुनै दोषको कारण पैदा हुनसक्छ अथवा पराबैंगनी विकिरणको कारणले अथवा रासायनिक तत्व वा भाइरसले पनि हुन सक्छ ।

उक्त अध्ययनमा सहभागी वैज्ञानिक प्राध्यापक फ्रान्स्वाँ बलोले उत्परिवर्तन आफैँमा नराम्रो कुरा नभएको बताए । उनका अनुसार हामी उक्त भाइरस धेरै वा थोरै घातक तथा सङ्क्रामक हुँदैछ भन्ने स्थितिमा हामी छैनौँ।

यूनिभर्सिटी अफ ग्लास्गोमा गरिएको अर्को अध्ययनमा उत्परिवर्तनहरूका कारण नयाँ किसिमका भाइरस बनेका छैनन्।

अहिले फैलिएको कोरोना भाइरस एउटै किसिमको भएको त्यहाँका अनुसन्धानकर्ताहरूको निष्कर्ष छ । भाइरसमा हुन ससाना परिवर्तनको जानकारी पनि खोप विकासका लागि महत्त्वपूर्ण मानिन्छ ।

फ्लू गराउने भाइरसमा यति चाँडो उत्परिवर्तन हुन्छ कि त्यसबाट बन्ने फरक किसिमको भाइरसका लागि प्रत्येक वर्ष नयाँ खोप बनाउनुपर्ने बाध्यता हुन्छ ।

अहिले निर्माणको चरणमा भएका अधिकांश कोभिड–१९ खोपहरूले कोरोना भाइरसको स्पाइक अर्थात् काँडाजस्तो अवयवलाई लक्षित गरेका छन् ।

यो अवधारणामा मानिसको शरीरमा उक्त अवयवको एउटा विशिष्ट तत्त्वलाई चिन्ने गुण विकास गराएर उक्त भाइरसलाई निष्क्रिय पार्न सकिन्छ भन्ने छ ।

तर स्पाइकमा परिवर्तन भइरहे अहिले बनाउन लागिएको खोप कम प्रभावकारी भइदिन सक्छ । अहिले सबै कुरा सिद्धान्तको तहमा छन् ।

उक्त भाइरसको आनुवंशिक संरचनामा परिवर्तन हुँदा के हुन्छ भन्ने पर्याप्त जानकारी अहिले उपलब्ध हुन नसकेको वैज्ञानिकहरुले बताएका छन् ।

बिबिसीबाट

सम्बन्धित खवर