किरात धर्म तथा साहित्य उत्थान संघ युकेको तङयेन साम्यो चुम्लुङ् सम्पन्न - Mangsebung News
  • सोमबार, बैशाख ०७, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

किरात धर्म तथा साहित्य उत्थान संघ युकेको तङयेन साम्यो चुम्लुङ् सम्पन्न

युके । किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको आयोजनामा युुकेको अक्सफोर्डमा शनिबार तङयेन साम्यो चुम्लुङ् भव्य रूपमा सम्पन्न भएको छ ।

संघको वार्षिक सांगठनिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन सार्वजजिक गर्ने उद्देश्यले आयोजना गरिएको तङयेन साम्यो चुम्लुङ् (१७ औँ वार्षिक धार्मिक भेला) मा संस्थाको गतिविधिबारे सबैलाई जानकारी गराइएको थियो ।

किरात धर्म दर्शनदाता, महान समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुन्नद लिङ्देनज्यूको तस्विर, एवंम मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको तस्बिरमा प्रमुख अतिथि संघको संरक्षक तथा साङदाङगेन वरुमसाबा तेज मेन्याङ्बोले फूलमाला अर्पण गरी सभाको उद्घाटन गर्नु भएको थियो ।

संघको वार्षिक सांगठनिक प्रगति प्रतिवेदन सचिव ज्ञानु फुरुम्बो ‘चरपे’ र आर्थिक प्रतिवेदन सह कोषाध्यक्षद्वय कुमुद नेम्बाङ र मनिस सेर्माको सहयोगमा कोषाध्यक्ष हर्क आङ्देम्बेले प्रस्तुत गर्नु भएको थियो ।

यसैगरी किरात माङहिमको गतिविधिबारे माङहिम अध्यक्ष लोचन चोङ्बाङ क्याकले जानकारी गराएको थियो । भने, संघका सल्लाहकार डा कमला आङदेम्बे, उपाध्यक्षहरू केबाहाङ चेम्जोङ, तिल लावती, लाल लिङ्देनले आफ्नो भनाइ राख्नु भएको थियो ।

संघ युके सदस्य मिलन मादेन र राज कुमार नुगोले माङहिम निर्माणको अवस्थाबारे जिज्ञासा राखेका थिए । सभामा प्रस्तुत प्रतिवेदन र एजेण्डामाथि उपस्थित सबैले व्यापक छलफल गरेर तालीसहित अनुमोदन गरिएको आयोजकले जनाएको छ ।

किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको अध्यक्ष राजेन्द्र खिम्दिङको अध्यक्षतामा सम्पन्न तङयेन साम्यो चुम्लुङ्मा उपाध्यक्ष नन्दा चेम्जोङ्ले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रममा उपस्थित सम्पूर्ण धार्मिक अनुयायी, पदाधिकारी तथा अतिथिहरूलाई स्वागत गर्नुका साथै कार्यक्रम सफल बनाउन सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

संघका अध्यक्ष राजेन्द्र खिम्दिङका अनुसार युके (बेलायत) मा रहेर पनि किरात धर्मावलम्बीहरूले धार्मिक सेवा, भक्ति र संस्कारलाई निरन्तरता दिइरहेका छन् । साथै मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुको धार्मिक उपदेश र निर्देशन अनुरूप विश्व शान्ति तथा मानव एकतालाई निरन्तरता दिने पक्षमा सबै प्रतिबद्ध छन् ।

कार्यक्रमको सञ्चालन सचिव ज्ञानु फुरुम्बो ‘चरपे’ र सहसचिव निराज माबोहाङ् (टेक) ले गर्नु भएको थियो ।

सम्बन्धित खवर