
- आन्छुमे नसान
माङसेबुङ । याक्थुङ फक्ताङलुङ आइडल सेक्फुङ ३ का विजेता गायक असल तुम्रोकको सुमधुर आवाजमा सजिएको लिम्बू संस्कृतिमा आधारित हाक्पारे साम्लो ‘सुजा इङ्दङ’ सार्वजनिक गरिएको छ ।
असल तुम्रोकको शव्द तथा लय संकलनमा गायिका मनु नेम्बाङ, गगन प्रकाश लावती, विजय फागो, सुनिता लावती र याम्धान सेर्माको समेत आवाज रहेको हाक्पारे साम्लो ‘सुजा इङ्दङ’ को भिडियो मनु नेम्बाङ्स अफिसियल च्यानल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
मनु नेम्बाङको परिकल्पना तथा निर्देशन रहेको हाक्पारे साम्लोमा असल तुम्रोक, मनु नेम्बाङ, गीता पालुङ्वा, तिर्थराज मादेन लिम्बू, मनमाया आङ्बुहाङ, अभिषेक पालुङ्वा, नैनकला लिम्बू, विप्लक थोक्लेन, दुर्गा चैम्जोङ र कुमारी मगर र हस्त लाबुङले अभिनय गरेका छन् ।

चन्द्र वाम्बुल चन्द्र वाम्बुलेको छायांकन, सम्पादन कलरिङ रहेको भिडियोमा टेकराज सम्बाहाम्फे, कबिता लिम्बू, मनु सम्बाहाम्फे र सरुम्बा माइलाले समेत अभिनय गरेका छन् ।
श्याम लिम्बूको संगीत संयोजन, राजु कार्कीको मिक्सिङ तथा मास्टरिङ रहेको हाक्पारे साम्लोलाई एभरेष्ट रेकर्डिङ स्टुडियो, लगनखेलमा मनु नेम्बाङले रेकर्ड गरेका हुन् ।
हाक्पारे साम्लो हेर्नुहोस…








