१३ सांसद निती तथा कार्यक्रममा सहभागी हुन नपाउने - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

१३ सांसद निती तथा कार्यक्रममा सहभागी हुन नपाउने

काठमाडौं / आज प्रस्तुत हुने निती तथा कार्यक्रममा १३ जना सांसदहरुले सहभागी हुन नपाउने भएका छन् ।

’कोरोना भाइरसको पीसीआर विधिबाट परीक्षण गर्न छुट भएका सांसदहरु र विभिन्न मुद्धाका कारण निलम्बनमा परेका संसदले बैठकमा सहभागी हुन नपाउने संसद सचिवालयका सूचना अधिकारी जनाएको छ ।’

ती सांसदहरुमा प्रतिनिधिसभाका ११ जना र राष्ट्रियसभाका २ जना गरी १३ जना रहेका छन् ।

प्रतिनिधिसभाका नरमाया ढकाल, किशोरसिंह राठौर, जयकुमार राई, कुमारी थेबे, रुबी नाज, सूर्यबहादुर केसी र नागेन्द्र कुमार रहेका छन् । यस्तै राष्ट्रियसभाका राधेश्याम पासवान र नरपति सुनुवार पनि नीति तथा कार्यक्रम सहभगी हुन पाउदैनन् । उनीहरुले कोरोना भाइरसको पीसीआर विधिबाट परीक्षण गर्न छुट भएको जनाएको छ । उनीहरु काठमाडौं बाहिर रहेकोले कोरोना परिक्षण हुन छुट भएको हो ।

त्यस्तै प्रतिनिधिसभाका विजयकुमार गच्छदार, मोहम्मद अफताव आलम, रेशमलाल चौधरी, हरिनारायण प्रसाद रौनियार गरी चार जना चार जना सांसदहरु भने विभिन्न मुद्धाका कारण निलम्बनमा परेका छन् । त्यसैले उनीहरु पनि सहभागी हुन पाउदैनन् ।

सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा संघीय संसद भवनमा ३२० जना सांसदहरु मात्रै उपस्थित हुनेछन् । नीति तथा कार्यक्रममा सहभागी हुनेभएपछि स्वास्थ्यमन्त्रालय मार्फत राष्ट्रपति, उपराष्ट्रपनि, प्रधानमन्त्री तथा नियमित रूपमा उनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको पनि स्वाब संकलन गरिसकेको छ । संसद सचिवालयले बैठकमा प्रवेश गर्नु अघि अनिवार्य कोरोना परिक्षणको रिपोर्ट पेश गर्नुपर्ने छ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा राष्ट्रपति विद्यादेवि भण्डारीले अपरान्ह चार बजे दुबै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तु गर्ने कार्यसूची रहेको छ ।

सम्बन्धित खवर