माङसेबुङ इभाङमा अन्तरराष्ट्रिय मापदण्डको खेलमैदान बन्ने - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङ इभाङमा अन्तरराष्ट्रिय मापदण्डको खेलमैदान बन्ने

माङसेबुङ /इलामको माङसेबुङ गाउँपालिका–२, इभाङमा अन्तररास्ट्रिय मापदण्डको फूटबल खैलमैदान बन्ने भएको छ ।

स्थानीय रेडस्टार क्लबको अगुवाईमा इभाङको बरबोटे टोलमा अन्तरास्ट्रिय मापदण्डको ‘रेडस्टार खैलमैदान’ बन्ने पक्का भएको हो ।

खैलमैदान निर्माणका लागि आवश्यक पर्ने करिब १६ रोपनी जग्गा उपलब्ध भइसकेको रेडस्टार क्लबका अध्यक्ष मदन राईले जानकारी दिए ।

खैलमैदान निर्माणका लागि स्थानीय समाजसेवीहरुले निशुल्क उपलब्ध गराएका छन् । सो जग्गालाई लकडाउन खुलेपछि रेडस्टारको माताहतमा ल्याउने गरी सम्झैता गरिएको वडा अध्यक्ष पुष्पाराज कार्कीले जानकारी दिए ।

त्यस क्षेत्रमा विगत लामो समयदेखि उचित ठाउँमा खेलमैदानको खोजी भइरहेको थियो । त्यस क्षेत्रमा हालसम्म अन्तरराष्ट्रिय मापदण्डको खेलमैदान निर्माण भएका छैनन् ।

खेलमैदान निर्माण सुरु गर्न चालू आर्थिक वर्षमा माङसेबुङ गाउँपालिकाले ४ लाख ८५ हजार रुपैयाँ विनियोजन गरेको छ ।

आगामी वर्षको बजेटबाट थप रकम विनियोजन गरी अन्तरराष्ट्रिय मापदण्डको खेलमैदानमा विशेष पहल रहने गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बताए । खेलमैदान निर्माणका लागि आवश्यक आर्थिक संकलन अभियान समेत सुरुवात गरिने क्लबले जनाएको छ ।

सम्बन्धित खवर