इभाङ माविलाई सिटिजन्स बैंक माङसेबुङद्वारा ५० हजार सहयोग - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इभाङ माविलाई सिटिजन्स बैंक माङसेबुङद्वारा ५० हजार सहयोग

माङसेबुङ / सिटिजन्स इन्टरनेशनल बैंक माङसेबुङ शाखाल इलामको माङसेबुङ गाउँपालिका–२, इभाङस्थित इभाङ माध्यमिक विद्यालयलाई ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

ग्रामीण क्षेत्रका बालबालिकामा ईन्टरनेटको पहुँच स्थापना गर्न सहयोग तथा इलाइब्रेरीको स्तरोन्नति गर्न सहयोग गर्ने उदेश्यले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत बैंकले विद्यालयलाई सहयोग उपलब्ध गराएको हो ।

सिटिजन्स बैंकका शाखा प्रवन्धक हरि खत्रीले मंगलबार इभाङ माविको कार्यालयमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मित्रकुमार खड्का र प्रधानाध्यापक केन्द्रबहादुर शेर्मालाई संयुक्त रुपमा ५० हजारको चेक हस्तान्तरण गरेको थियो ।

सम्बन्धित खवर