कवि सुकबहादुर योङहाङका दुई कविता १. साँच्चै भन्दा मलाई चिल मन पर्दैन्, २. विरोधको झण्डा बोकेर - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कवि सुकबहादुर योङहाङका दुई कविता १. साँच्चै भन्दा मलाई चिल मन पर्दैन्, २. विरोधको झण्डा बोकेर

१. साँच्चै भन्दा मलाई चिल मन पर्दैन्

शितल रुखको
छायाँ मुनि
सिंहको छाला माथी बसेर
माला जपी रहेको बेला
झसङ्ग भएछु

खरायोहरु
मृगहरु
कस्तुरीहरु
नाचिरहेको निर्धक्कतामा
खै किन हो किन…?
मलाई रक्तपात गर्ने
सिंह मन पर्दैन्
अरुको स्वतन्त्रतामा
धावा बोली रहन्छ

सूर्यको किरण
न्यानो भई रहेको बेला
किसानहरु
प्राण खोजी रहेछ
खेतहरुमा
बारीहरुमा

परेवा
शान्तीको प्रतिक हो
निसंकोच
स्वतन्त्र उडिरहेको बेला
डाँफेहरु
मुनालहरु
राष्ट्रियताको गीत गाँउदै गरेको बेला
मेरा आँखाहरु
भुँइमा लडीरहेको
चिलको टाउको हेरि रहेछ

गुडहरु भत्काउने
शान्ति खलवलाउने
कोलाहल पैदा गर्ने
साँच्चै भन्दा
मलाई चिल मन पर्दैन्

२. विरोधको झण्डा बोकेर

विश्व आज त्रसित छ
विकासे बोकाले
बलत्कार गरि
मानव सभ्यतालाई
मारि रहेको बेला
हाम्रो छिमेकीहरु
सिमाना पल्टाउनमा व्यास्त छ
पिलरहरु खन्दै
लाज पचाएर

सरकार किन बोल्न सक्तैन् ?
किन सुति रहन्छ ?
भ्रष्टचारको भाते निन्द्रामा
बार बार किन
पल्टाई रहन्छ ?
सिमानाका पिलरहरु

विरोधमा
किन कालो झण्डा
देखाउदैन कोही पनि ?
कि असल छिमेकीको
ढोङ गरि नवोल्नु पर्ने हो ?

कि नेता भए पछि
देशको माया नलाग्ने हो ?
रगतहरु किन उम्लन्दैन् ?
आउ देश प्रेमी
आदाङवाहरु
लुङ्गाहरु
देशको सिमा वरिपरी
विरोधको झण्डा बोकेर
विस्तारवाद मुर्दावाद
नेपाली जनता एक हौ

कचनकवल – ७, बालुबाडी, झापा

सम्बन्धित खवर