माङसेबुङ । राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महावीर पुनले फाल्गुनन्द मार्गको लारुम्बा–रबी सडक खण्डमा अन्तर्राष्ट्रिय साहसिलो जीप ¥याली गर्न सुझाउनु भएको छ ।
वीरगञ्जस्थित वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका लागि आफ्नो आत्मकथा ‘महावीर पुनः सम्झना‚ सपना र अविरल यात्रा’ नामक पुस्तक बिक्री गर्दै देश दौडाहमा रहनुभएका रोमन म्यागासेसे पुरस्कार विजेता पुन असार १६ गते किरात धर्मावलम्बीहरूको केन्द्रीय माङहिम र किरात धर्मगुरू आत्मानन्द लिङ्देन र गुरुआमा साँबा पवित्रहाङमा लिङ्देनको निजी आश्रम रहेको लारुम्बामा पुग्नुभएको थियो । १७ गते बिहान धर्मगुरु लिङ्देनसँग दर्शनभेट र त्यस क्षेत्रमा पुस्तक बिक्री गरेर पुन दिउँसो लारुम्बाबाट पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ रबी बजार जानुभएको थियो ।
यात्रामा फाल्गुनन्द मार्गको लारुम्बा–रबि खण्डको सडक जीर्ण भएको र त्यसमा चालकहरूले सकसपूर्ण तरिकाले गाडी चलाएको देखेपछि पुनले त्यस क्षेत्रमा ‘अन्तर्राष्ट्रिय साहसिलो जीप ¥याली’ गर्नुपर्ने भन्दै सम्बन्धित निकायलाई व्याङग्य गर्नुभएको हो । त्यस्तो प्रतियोगिता गरे त्यस सडकमा गाडी चलाउने चालकले जित निकाल्ने उहाँले बताउनु भएको छ ।
‘इलामको लारुम्बा–रबि सडकमा नेपाल सरकारले चतुर व्यावसायीहरूसँग मिलेर ‘अन्तराष्ट्रिय साहसिलो जिप ¥याली प्रतियोगिता’ आयोजना ग¥यो भने विदेशी पर्यटक भित्र्याउन सकिने देखियो’ उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ‚ ‘त्यसो ग¥यो भने सो ¥यालीमा नेपाली ड्राइभर भाइहरू पक्कै विजयी हुनेछन् । त्यसका लागि लारुम्बा–रबि सडक अत्यन्त उपयुक्त छ । लौत कसैले आँट गरुम् ।’
हेर्नुहोस् महावीर पुनले लारुम्बा–रबी सडक खण्डमा बनाउनुभएको भिडियो…