एएफसी एसियन कप छनोटमा नेपालको लगातार दोस्रो जित - Mangsebung News
  • बिहिबार, असार १९, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एएफसी एसियन कप छनोटमा नेपालको लगातार दोस्रो जित

माङसेबुङ । नेपालले एएफसी एसियन कप छनोट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ ।

उज्वेकिस्तानको राजधानी तास्केन्दस्थित मिली रंगशालामा बुधबार भएको खेलमा नेपालले श्रीलंकामाथि ८–० गोल अन्तरले सानदार जित हात पारेको हो ।

नेपालको जितमा कप्तान सावित्रा भण्डारीले ह्याट्रिक गरिन् । यस्तै गिता रानाले दुई गोल तथा निशा थोकर, रेखा पौडेल र पूजा रानाले समान एक गोल गरे ।

पहिलो खेलमा नेपालले लाओसबिरुद्ध ९–० को जित हात पारेकोे थियो । नेपालले अब नेपालले शनिबार अन्तिम अनि महत्वपूर्ण खेलमा उज्बेकिस्तानसँग खेल्ने छ ।

 

सम्बन्धित खवर