इंग्लिस प्रिमियर लिग : आर्सनल ब्राइटनसंग पराजित - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इंग्लिस प्रिमियर लिग : आर्सनल ब्राइटनसंग पराजित

एजेन्सी / इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल ब्राइटनसँग २–१ गोल अन्तरले पराजित भएको छ ।

शनिबार राति भएको खेलमा आर्सनल ब्राइटनसँग २–१ गोल अन्तरले पराजित भएको हो । आर्सनलको यो लगातार दोस्रो हार हो ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको देस्रो हाफको ६८ औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।

आर्सनले अग्रता लिएर पनि खेलमा सम्हालिन नसक्दा खेलको ७५ औं मिनेटमा लेविस डुंकले गोल गर्दै ब्राइटनलाई १–१ गोलको बराबरीमा फर्काए ।

खेलको इन्जुरी समयमा निल मपेले गोल गर्दै ब्राइटनलाई २–१ को जित दिलाए । यस अघि आर्सनल म्यानचेस्टर सिटीसँग पराजित भएको थियो ।

यसैगरि शनिबार राति नै भएका अन्य खेलमा वेष्ट ह्याम उल्फसँग पराजित भएको छ । त्यस्तै क्रिष्टल प्यालेसले एएफी बर्नमन्थलाई हराएको छ ।

यस्तै वार्टफोर्ड र लेस्टर सिटीले एक एकको बराबरी खेलेका छन् ।

सम्बन्धित खवर