बार्सालाई पछि पार्दै रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बार्सालाई पछि पार्दै रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा

एजेन्सी / र्सिलोनालाई पछि पार्दै रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

आईतबार राति भएको खेलमा रियल सोसिडाडलाई दुई एक गोल अन्तरले पराजित गर्दै रियल ला लिगाको शीर्ष स्थानमा उक्लिएको हो ।

खेलको ५०औं मिनेटमा भिनिसियस जुनियरलाई फल गरेपछि प्राप्त पेनाल्टीमा सर्जियो रामोसले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

त्यसपछि करिम बेन्जिमाले खेलको ७०औ मिनेटमा गोल गर्दै रियलको अग्रता दोब्बर बनाएका थिए । मिकेल मोरिनाले खेलको ८३औं मिनेटमा गोल गर्दै रियल सोसिडाड लागि एक गोल फर्काए ।

लिगमा ८ चरणको खेल बाँकी रहँदा रियलले शीर्ष स्थानमा कब्जा जमाएको हो । शीर्ष स्थानको रियलले ३० खेलबाट ६५ अंक जोड्यो ।

सम्बन्धित खवर