गोलरक्षक किरण चेम्जोङ र साइप्रस ग्लोब्स कम्पनीबीच प्रायोजन सम्झौता - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गोलरक्षक किरण चेम्जोङ र साइप्रस ग्लोब्स कम्पनीबीच प्रायोजन सम्झौता

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक किरण चेम्जोङ र साइप्रसको एक ग्लोब्स कम्पनीबीच दुई वर्षका लागि प्रायोजन गर्ने सम्झौता भएको छ ।

नेपालबाट विदेशी भूमिमा समेत व्यावसायिक गोलरक्षकको भूमिका निभाउँदै आएका किरणले साइप्रसको ग्लोब्स कम्पनी आरजीसंग तत्कालका लागि दुई वर्षे सम्झौता भएकोे बताए ।

बुधबार कम्पनीसँग औपचारिक रुपमा सम्झौता गर्दै आरजीसँग हरेक वर्ष २० जोर ग्लोभ्स उपलब्ध गराउने गरि किरणले सहमति गरेका हुन् ।

उनले आरजी कम्पनीले दुई वर्षका लागि प्रायोजन गरेको र पछि पनि निरन्तरता दिन सकिने बताए । यसअघि व्यक्तिगत खर्चमा ग्लोब्स खरिद गरे पनि अब युरोपियन कम्पनीसँग जोडिएकाले यसलाई सुरुवाती रुपमा सकरात्मक मान्नुपर्ने चेम्जोङले बताए ।

किरणले भारतीय क्लब मिनर्भा पन्जाबबाट व्यावसायिक फुटबल खेलिरहेका छन् भने उनले माल्दिभ्सको शीर्ष डिभिजनको समेत अनुभव बटुलेका छन् ।

दुई वर्षको ग्लोब्सको प्रायोजन रकम करिब ६ लाख हाराहारी रहेको जनाएको छ । नेपाली गोलरक्षकले ग्लोब्सको प्रायोजन पाएको यो पहिलो अवसर हो ।

त्यस्तै, कुनै पनि फुटबलरले युरोपियन कम्पनीसँग टाइ अप गरेको पनि यो पहिलो अवसर हो ।

सम्बन्धित खवर