दमक / गएराति भएको खेलमा रियल ग्रानडालाई २–१ ले पराजित गर्दै रियल ला लिगाको उपाधि नजिक पुगेको छ ।
जित संगै डिफेन्डिङ च्याम्पियन बार्सिलोना रियलसंग ४ अंकले पछि परेको छ । अब रियललाई उपाधि जित्न २ अंक मात्र आवश्यक छ ।
ग्रानाडाको मैदानमा भएको खेलमा फोर्लान मेन्डीले १०औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । १६औं मिनेटमा करिम बेन्जामाले गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।
५०औं मिनेटमा ग्रानडाका डारविन माचिसले एक गोल फर्काए पनि पुनः अर्को गोल गर्न नसक्दा रियलले सहजै जीत हासिल गरेको थियो ।
जितपछि ३६ खेलबाट रियलले ८३ अंक जोडेको छ । समान खेलबाट बार्सिलोनाको ७९ अंक छ । अब लिगमा २ चरणका खेल बाँकी रहँदा रियलले ४ अंकको अग्रता बनाएको छ र अब उपाधि जित्न २ अंक आवश्यक छ । रियलले अब बाँकी २ मध्ये एक खेल जितेमा उपाधि जित्नेछ ।
यदि बार्सिलोना अबको खेलमा ओसासुनासंऊ पराजित भएमा रियलले बाँकी २ खेलअघि नै उपाधि जित्नेछ ।
रियलसँग पराजित ग्रानडा ५० अंकसहित दशौँ स्थानमा छ ।