रियल बन्यो ला लिगा च्याम्पियन - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

रियल बन्यो ला लिगा च्याम्पियन


दमक / रियल मड्रिडल स्पेनिस ला लिगा फुटबल च्याम्पियन बनेको छ ।

गएराति भएको खेलमा भिल्लारियललाई २–१ गोलले पराजित गर्दै रियल मड्रिडले एक खेल बाँकी छँदै लिगको च्याम्पियन बनेको हो । यो जितसहित रियल लिगको सर्वाधिक ३४ औँ पटक उपाधि जित्ने क्लब बनेको छ ।

रियललाई जिताउनका लागि करिम बेन्जामे नायक सावित भए । उनले पहिलो हाफको २९ औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । पुनः खेलको ७७ औं मिनेटमा उनैले पेनाल्टी मार्फत् टोलीका लागि दोस्रो गोल गर्दै रियललाई जित दिलाए ।

खेलको ८३ औं मिनेटमा भिल्लारियलका इबोर्राले शान्त्वना गोल फर्काए पनि हारबाट जोगिन सकेन ।

भिल्लारियल माथिको जितसँगै रियल मड्रिडले दोस्रो स्थानको बार्सिलोनालाई ७ अंकले पछि पार्दै उपाधि उचालेको छ । रियलले ३७ खेलमा ८६ अंक जोडेको छ । समान खेलबाट बार्सिलोनाको ७९ अंक छ । भिल्लारियल ७५ अंकसहित पाँचौं स्थानमा छ । गएराति नै सम्पन्न खेलमा बार्सिलोना ओसासुनासँग २–१ गोलले पराजित भएको छ ।

सम्बन्धित खवर