कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ लाख नाघ्यो - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ लाख नाघ्यो


दमक / कोरोना भाइसर (कोभिड–१९) को संक्रमिणका कारण विश्वभर मृत्यु हुनेको संख्या ६ लाख नाघेको छ । हालै वल्र्ड पर्मिटले अपडेट गरेको तथ्यांक अनुसार विश्वभरबाट मृत्यु हुनेको संख्या ६ लाख २ सय ३८ पुगेको छ ।

त्यस्तै कोरोना संक्रमितको संख्या १ करोड ४२ लाख २८ हजार १ सय ८५ पुगेको छ । जसमध्ये ८४ लाख ९५ हजार १ सय २२ जना व्यक्तिहरु संक्रमण मुक्त भएका छन् ।

संक्रमित मध्ये अमेरिकामा १ लाख ४२ हजार ६५ जनाले ज्यान गुमाइसकेका छन् भने अमेरिकामा १७ लाख ४१ हजारबढीले स्वास्थ्य भएर घर फर्किएका छन् । त्यस्तै क्रमितको संख्या ३७ लाख ७० हजारभन्दा बढी रहेका छन् ।

यस्तै ब्राजिलमा ७७ हजार ९ सय ३२ जना, भारतमा २६ हजार ३ सय ४७ जना, रसियामा १२ हजार २ सय ४७ जना, पेरुमा १२ हजार ७ सय ९९ जना र मेक्सिकककोमा ३८ हजार ३ सय १० जनाको मृत्यु भईसकेको छ ।

यस बाहेक विश्वको विभिन्न देशमा कोरोना संक्रमण थपिने क्रम र संक्रमणबाट मृत्यु भएका छन् ।

सम्बन्धित खवर