मेसीको किर्तीमानी संगै बार्साले गरे ला लिगामा सुखद अन्त्य - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मेसीको किर्तीमानी संगै बार्साले गरे ला लिगामा सुखद अन्त्य


एजेन्सी । स्पेनिस ला लिगामा यो वर्षको सिजनमा मेसीले किर्तीमानी बनाएको छ । मेसीले सर्वाधिक २५ गोल गर्दै ला लिगाले प्रदान गर्ने पिचिची अवार्ड सातौ पटक प्राप्त गरेका छन् । यो अवार्ड सवाधिक धेरै सातौ पटक सम्म प्राप्त गर्ने मेसी एक्लो खेलाडी हुन ।

डिफेन्डीङ च्याम्पिय बार्साले ला लिगाको उपाधि गुमाए पनि सुखद अन्त्य गरेको छ । अन्तिम खेलमा बार्सलोनाले अलेभजमाथि ५–० को फराकिलो गोल अन्तर निकाल्दै सान्दार जीतसहित सिजन अन्त्य गरेको छ ।

बार्साको जीतमा कप्तान लिओनल मेसीले दुई गोल गर्नुका साथै एक असिस्ट गरेका थिए । बार्सिलोनाका लागि अंशु फाटी, नेल्सन सेमेडो र लुइस सुआरेजले समान एक–एक गोल गरे ।

अलाभेजको घरेलु मैदानमा भएको खेलको २४औं मिनेटमा फाटीले मेसीको पासमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ३४औं मिनेटमा मेसीले गोल गर्दै अग्रता दोब्बर पारे । त्यसको दश मिनेटपछि सुआरेजले गोल गर्दा बार्सिलोनाले पहिलो हाफमै ३–० को अग्रता बनायो ।

५७ औं मिनेटमा सेमेडोले बार्सिलोनाको लागि चौथो गोल गरे । ७५ औं मिनेटमा मेसीले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले सहज जित हात पारेको हो ।

कोरोना महामारीपछि एकरुप प्रदर्शन गर्न नसकेको बार्सिलोनाले यस सिजन उपाधि रक्षा गर्न भने सकेन । एक खेलअघि नै रियल मड्रिडले उपाधि पक्का गरेपछि बार्सिलोनाले अन्तिम खेलमा बिना दबाब खेलेको थियो ।

यस सिजन ३८ खेलबाट बार्सिलोनाले ८२ अंक जोड्दै दोस्रो स्थानमा लिग सकाएको हो ।

सम्बन्धित खवर