आईपीएलको १३औं संस्करण सेप्टेम्बर १९ बाट हुने - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईपीएलको १३औं संस्करण सेप्टेम्बर १९ बाट हुने

एजेन्सी । टि–२० क्रिकेटको महासंग्राम इन्डियन प्रिमियर लिग (आईपीएल) को १३औं संस्करण सेप्टेम्बर १९ देखि युएईमा हुने भएको छ ।

समाचार एजेन्सी पीटीआईमा उल्लेख भएअनुसार १९ सेप्टेम्बरदेखि लिग सुरु हुने र फाइनल नोभेम्बर ८ मा हुने भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)को विश्वस्त स्रोतले जनाएको छ ।

कोरोना भाइरस महामारीको कारण अनिश्चित बनेको आईपीएल टी–२० विश्वकप एक वर्ष पछि सरेपछि युएईमा आयोजना गर्ने तयारी भइरहेको हो ।

आईसीसीले अष्ट्रेलियामा अक्टोबर नोभेम्बरमा हुने तय भएको टी–२० विश्वकप स्थगित गरेपछि आईपीएल आयोजना गर्ने बाटो खुलेको थियो ।

सम्बन्धित खवर