युभेन्ट्स सिरी ए को लगातार नवौं पटक च्याम्पियन - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

युभेन्ट्स सिरी ए को लगातार नवौं पटक च्याम्पियन


एजेन्सी । इटालियन सिरी एको उपाधि जित्दै युभेन्ट्स लगातार नवौं पटक च्याम्पियन बनेको छ ।

गएराराति भएको खेलमा साम्पडोरियालाई २–० ले पराजित गर्दै युभेन्टसले दुई खेल अगावै उपाधि जीतको पक्का गरेको हो ।

युभेन्टसका जीतको लागि क्रिस्टियानो रोनाल्डो र फेडेरिको बर्नार्डसीले समान एक–एक गोल गरे । पोर्चुगलका स्टार फर्वड क्रिस्ट्यानो रोनाल्डोले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । खेलको ६७औं मिनेटमा बर्नाडेसीले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे ।

७७औं मिनेटमा मोर्टेन तोर्सबीले रातो कार्ड पाएपछि साम्पडोरिया दश खेलाडीमा झरेको थियो । ८९औं मिनेटमा युभेन्ट्सले पेनाल्टीको अवसर पाएको थियो तर रोनाल्डो गोल गर्न चुके । उनको प्रहार क्रसबारमा लागेर फर्किएको थियो ।

जितपछि ३६ खेलबाट ८३ अंक जोडेको युभेन्टसले दुई खेल अगावै लिग उपाधि पक्का गरेको हो । समान खेलबाट ७६ अंक जोडेको इन्टर दोस्रो स्थानमा छ ।

सम्बन्धित खवर