एफए कपको उपाधि आर्सनलको पोल्टामा - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एफए कपको उपाधि आर्सनलको पोल्टामा


एजेन्सी । आर्सनल एफए कपको विजता बनेको छ ।

शनिवार राती भएको खेलमा चेल्सीलाई २–१ गोल अन्तरले हराउदै आर्सनलले एफए कपको उपाधि आफ्नो पोल्टामा पारेको हो ।

आर्सनलको जितमा पिएरे एमरिक ओबामेयाङले दुई गोल गरे । वेम्लीमा भएको लण्डन डर्बी फाइनलमा आर्सनले चेल्सीसंग एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै चेल्सीलाई २–१ गोलले पराजित गरेको हो ।

खेलको पाँचौ मिनेटमै क्रिस्टियन पुलिसिकले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर चेल्सीले अग्रता लामो समय टिकाउन सकेन । खेलको २८औं मिनेटमा ओबामेयाङले गोल गर्दै खेल बराबरीमा फर्काए ।

चेल्सीका कप्तान सेजार एजप्लिकुएटाले ओबामेयाङलाई पेनाल्टी एरियामा फाउल गरेपछि आर्सनलले पेनाल्टी पाएको थियो र ओबाम्याङले सहजै गोल गरे ।

पहिलो हाफमा १–१ को बराबरीमा सकिएको खेलमा आर्सनलले दोस्रो हाफमा एक गोल गर्दै खेल जितेको हो । ६७औं मिनेटमा ओबामेयाङले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई २–१ को अग्रता दिलाए । त्यही गोल निर्णायक बन्दा आर्सनलले जित हात पारेको हो ।

यससंगै आर्सनल सर्वाधिक १४औं पटक एफए कपको उपाधि जित्ने क्लव बनेको छ । यसअघी चेल्सीले ८ पटक एफए कप जितेको छ ।

सम्बन्धित खवर