भारतीय गृहमन्त्री अमित शाहलाई कोरोना पुष्टि - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भारतीय गृहमन्त्री अमित शाहलाई कोरोना पुष्टि


एजेन्सी । भारतको केन्द्रीय सरकारका गृहमन्त्री अमित शाह कोरोना भाइरसको संक्रमित भएका छन् ।

गृहमन्त्री शाहलाई कोोना संक्रमण भएको स्वयम शाहले आइतबार दिउँसो ट्वीट मार्फत संक्रमित भएको जानकारी गराएका हुन् । उनले डाक्टरको सल्लाहमा अस्पताल भर्ना भइरहेको बताए ।

’कोरोनाको प्रारम्भिक लक्षण देखिएपछि मैले परीक्षण गरें र कोरोना रिपोर्ट पोजेटिभ आयो ।’ ’मेरो स्वास्थ्य ठीक छ, तर डाक्टरको सल्लाहमा म अस्पतालमा भर्ना भइरहेको छु,’ शाहले ट्वीट गरेका छन् ।

उनले केहि दिनदेखि आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई आफुलाई अलग राख्न र जाँच गर्न अनुरोध समेत गरेका छन् ।

सम्बन्धित खवर