स्पेनिस महारथी रियललाई हराउँदै सिटी क्वार्टरफाईनलमा प्रवेश - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

स्पेनिस महारथी रियललाई हराउँदै सिटी क्वार्टरफाईनलमा प्रवेश

एजेन्सी । स्पेनिस महारथी रियल मड्रिडलाई हराउदै म्यान्चेष्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।

शुक्रबार राति घरेलु मैदान ईतिहाद स्टेडियममा सिटीले २–१ को सहज जित निकाल्दै समग्रमा ४–२ को नतिजा सहित सिटी क्वार्टरफाईनल प्रवेश गरेको हो ।

प्रतियोगिताको अन्तिम १६ को दोस्रो लेगको खेलमा स्पेनिस महारथी रियललाई २–१ गोल अन्तरले हराउँदै सिटीले च्याम्पियन्स लिग फुटबलको अन्तिम ८ मा स्थान पक्का गरेको छ ।

सिटीको जीतमा खेलको नवौं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । डिफेन्सले क्लियर गर्न नसकेको बलमा ग्याब्रियल जिससको पासमा स्टर्लिङले गोल गरेका थिए ।

रियलले खेलको २८ औं मिनेटमा करिम बेन्जिमाले हेड गोलमार्फत खेल बराबरीमा ल्याएका थिए । रोड्रिग्वोको उपलब्ध गराएको पासमा उनले हेडमार्फत बराबरी गोल फर्काएका थिए ।

खेलको दोस्रो हाफमा समेत रियलको डिफेन्सको कमजोरीको फाइदा उठाउदै ग्याब्रियल जिससले गोल गर्दै सिटीलाई २–१ ले अग्रता दिलाए ।

राफेल भारानेको ब्याकपासमा गोलकिपरलाई बिट गर्दै जिससले गोल गर्दै सिटीलाई जिततर्फ अग्रसर गराएका थिए ।

यो संगै सिटीले स्पेनिस लिगको च्याम्पियन रियलको च्याम्पियन्स लिगको यात्रा प्रि–क्वार्टरफाईनलमै टुङ्गयाई दिएको छ ।


सिटीले क्वार्टरफाईनलको खेलमा लियोनसंग अगष्ट १५ मा प्रतिस्पर्धा गर्नेछ । सिटी पहिलो पटक च्याम्पियन्स लिगको उपाधिको खोजीमा रहेको छ ।

सम्बन्धित खवर