युभेन्ट्सलाई निराश पार्दै लियोन अन्तिम ८ मा - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

युभेन्ट्सलाई निराश पार्दै लियोन अन्तिम ८ मा

एजेन्सी । युभेन्ट्सलाई निराश बनाउँदै लियोन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।

शुक्रबार राति अन्तिम १६ को दोस्रो लेगको खेलमा युभेन्ट्सबिरुद्ध अवे गोलमा जित निकाल्दै फ्रेन्च क्लब लियोनले क्वार्टरफाईनलमा प्रवेश गरेको हो ।

घरेलु मैदानमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपनि युभेन्ट्सलाई च्याम्पियन्स लिगमा अघि बढाउन सकेनन् ।

पहिलो लेगको खेलमा लियोनले १–० ले अग्रता लिएको थियो । दोस्रो लेगको खेल २–१ गोलले युभेन्टस्ले लियोनलाई पछि पारेपनि समग्रमा २–२ गोलको बराबरीमा सकिएपछि अवे गोलका आधारमा लियोन क्वार्टरफाईनलमा प्रवेश गरेको हो ।

दोस्रो लेगमा समेत लियोनले सुरुवातमै गोल गर्दै युभेन्ट्ससामु ठुलो चुनौती तेर्साएको थियो । क्वार्टरफाईनल पुग्न युभेन्ट्सलाई कम्तिमा ३ गोल आवश्यक देखिएको थियो ।

मेम्फिस डिपेले १२ औं मिनेटमा लियोनलाई अग्रता दिलाएका थिए । त्यस्पछि ४३ औं मिनेटमा डिपेको ह्याण्ड बलमा रोनाल्डोले गोल पेनाल्टी गर्दै खेल बराबरीमा ल्याएका थिए ।

६० औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई २–१ को अग्रता दिलाए । तर दुवै पक्षबाट थप गोल हुन नसकेपछि खेल लियोनको पक्षमा गएको हो ।

सिरि ए लिग विजेता युभेन्ट्स यस सिजन समेत च्याम्पियन्स लिगमा अघि बढ्न सकेन ।

सम्बन्धित खवर