बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश


एजेन्सी । स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराती भएको अन्तिम १६ को दोस्रो लेगमा इटालीयन क्लव नापोलीलाई ३–१ ले हराउँदै बार्सिलोनाले च्याम्पियन लिगको अन्तिम ८ मा पुग्न सफल भएको हो । अन्तिम ८ मा पुग्दा बार्सिलोनाले समग्रमा ४–२ को नतिजा निकालेको थियो ।

क्याम्प नाउमा भएको दोस्रो लेगमा घरेलु टोली बार्सिलोनाले खेलको १०औं मिनेटमा क्लेमेन्ट लेङलेटको गोलमा अग्रता लिएको थियो । ईभान राकिटिकको कर्नरमा लेन्गलेटले हेडमार्फत गोल गरेक थिए ।

खु्ेलको २३औं मिनेटमा बार्सिलोनाका कप्तान लिओनल मेस्सीले अग्रता दोब्बर बनाएका थिए । डिबक्स भित्र तीन डिफेन्डरलाई छलाउँदै थप दुई डिफेन्डरको बिचबाट उनले प्रहार गरेको बलले सिधै जाली चुमेको थियो ।

पहिलो हाफको ईन्जुरी समयमा सुआरेजले पेनाल्टीमार्फत बार्सिलोनालाई ३–१ को अवस्थामा पुर्याएका थिए । उनले समेत च्याम्पियन्स लिगमा २५ गोल पुरा गरे ।

पहिलो हाफको खेल सकिन अन्तिम मिनेटमा लोरेन्जो ईन्साईनले पेनाल्टीमा नापोलीका लागि एक गोल फर्काएका थिए । पहिलो पटक क्वार्टरफाईनल पुग्ने नापोलीको लक्ष्य यस सिजन समेत पुरा हुन पाएन ।

नापोलीको घरेलु मैदानमा भएको पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

पाँच पटकको युरोपियन च्याम्पियन बार्सिलोनाले क्वाटरफाइनलमा जर्मन क्लब बायर्न म्युनिखसंग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित खवर